Shittalpati
थप ६० जनामा कोरोना, ७२ जना डिस्चार्ज

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । २ हजार ३ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको छ ।
यस्तै शनिबार ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको छ । मुलुकभर ९ सय १५ जना संक्रमित आइसोलेशनमा रहेका छन् भने ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १२ हजार ७ सय ९६ पीसीआर परीक्षण भएका छन् । यस्तै शनिबार कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update