
बुटवल, रुपन्देहीमा पेस्तोल सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको मर्चवारी ७ कञ्चनापुरबाट प्रहरीले चेकजाँचका क्रममा १ थान गोली नभएको कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकललाई शंका लागि खान तलासी गर्ने क्रममा कटुवा पेस्तोल थान १ फेला परेको बताए । पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । शनिबार पाल्पामा पनि अवैध भरुवा बन्दुक सहित एक जना
पक्राउ परेका थिए ।
बगनासकाली गाउँपालिका ४ महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दा १ नाले भरुवा बन्दुक एक थान र निर्माण गर्दै गरेको १ नाले भरुवा बन्दुक १ थान गरी दुई थान भरुवा बन्दुक फेला पारेको छ । कनौजेलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।