Shittalpati
पाल्पामा थप ८ कोरोना संक्रमित थपिए

पाल्पा, पाल्पामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा जिल्लाका विभिन्न स्थानीय तहका ८ जनामा संक्रमण देखिएको हो । स्वास्थय कार्यालय पाल्पालाई गत फागुन १८ गतेदेखि फागुन २८ गतेसम्मको प्राप्त विवरण अनुसार ४ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म ५ सय ३३ जनाको पिसिआर परीक्षण गरिएकोमा ८ जनामा संक्रमण देखिएको हो । जहाँ रामपुर नगरपालिकाका ५१ ज्नाको पिसिआर परीक्षण गरिएकोमा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै पूर्वखोला गाउँपालिकामा २९ जनाको पिसिआर परीक्षण गरिएकोमा १ जना,बगनासकाली गाउँपालिकामा ६१ जनाको परीक्षण गरिएकोमा १ जना र तानसेन नगरपालिकामा १ सय ९९ जनामा परीक्षण गरिएकोमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । योसँगै जिल्लामा संक्रमितको संख्या एक हजार ९ सय ६१ पुगेको छ । जसमा ५ हजार ५८ महिला र एक हजार ४ सय ३ जना पुरुष रहेका छन् । अहिलेसम्म जिल्लामा एक हजार ९ सय १६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म माथागढी गाउँपालिकाका १ सय १ जना, रामपुर नगरपालिकाका २ सय ६२ जना, पूर्वखोला गाउँपालिकाका २ सय ६० जना, रैनादेवी छहरा गाउँपालिकाका १ सय ७ जना, रम्भा गाउँपालिकाका ९३ जना, बगनासकाली गाउँपालिकाका १ सय ४४ जना, तिनाउ गाउँपालिकाका ७२ जना, रिब्दीकोट गाउँपालिकाका ७५ जना, निस्दी गाउँपालिकाका १ सय १८ जना र तानसेन गाउँपालिकाका ६ सय ८४ जना निको भएर घर फर्किएका छन् ।

यस्तै अहिलेसम्म जिल्लामा १४ हजार २ सय ७८ जनाको पिसीआर परीक्षण गरिएको छ । जसमा १२ हजार ३ सय १७ जनामा नेगेटिभ र एक हजार ९ सय ६१ जनामा पोजेटिभ देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १० पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय ४९ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update