Shittalpati
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
विवाद समाधानका लागि गगन–पूर्णबहादुर भेटवार्ता, सहमतिको सम्भावना बढ्यो
विवाद समाधानका लागि गगन–पूर्णबहादुर भेटवार्ता, सहमतिको सम्भावना बढ्यो पार्टीभित्रको आन्तरिक विवाद समाधानको प्रयासस्वरूप सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ । भेटवार्ता भएको दुवै पक्षले पुष्टि गरेका छन् । ‘हिजो साँझ सभापति र निवर्तमान कार्यवाहक सभापतिबीच भेटघाट भएको हो ।
भोटेकोशी बाढी अपडेट : मृत्यु हुने १ हजार ३ सय ३५ पुगे 
भोटेकोशी बाढी अपडेट : मृत्यु हुने १ हजार ३ सय ३५ पुगे  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार साँझा सम्म  मृत्यु हुनेको संख्या १ हजार ३ सय ३५ पुगेको छ ।
अवैध लागूऔषध सहित १३ जना पक्राउ
अवैध लागूऔषध सहित १३ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, पर्सा,सुनसरी, कञ्चनपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १३ जना पक्राउ परेका हुन् ।
महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरमा रहेको ‘दिव्यघण्ट’  
महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरमा रहेको ‘दिव्यघण्ट’   मन्दिरै–मन्दिरको भूमि, देवभूमि पाल्पा, हिन्दु र बौद्धधर्मका अनगिन्ती मठ–मन्दिर, चैत्य, विहारहरु रहेका छन् । पश्चिम वल्ड्याङगढी, रुरु क्षेत्रदेखि पूर्व रामपुर, वाकामलाङ, सहलकोट साथै नेपाले टोलसम्मका मठ–मन्दिरहरुमा निशान्तमा बज्ने सङ्ख घण्टको नादले पाल्पा विउझिने गर्छ भने सह्रसरश्मी अस्ताचल लागेपछि मठ–मन्दिरहरुमा बज्ने शङ्ख घण्टको नादसँगै पाल्पा निन्द्रादेवीको काखमा जाने गर्छ ।
आज मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाइँदै
आज मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाइँदै आज मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मानव बेचबिखनविरुद्ध सचेतना फैलाउने, पीडितको संरक्षण गर्ने र अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन हरेक वर्ष सेप्टेम्बर ५ अर्थात् भदौ २० मा  यो दिवस मनाउने गरिएको हो । 
बाढीपीडित विष्ट परिवारको दुःखमा काँग्रेस पाल्पाको साथ
बाढीपीडित विष्ट परिवारको दुःखमा काँग्रेस पाल्पाको साथ भोटेकोशी बाढीमा ज्यान गुमाएका तानसेन नगरपालिका–१०, सुनडाँडाका दिपेन्द्र विष्टको परिवारलाई नेपाली काँग्रेस पाल्पाले आर्थिक सहयोग गरेको छ । बाढीमा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार विष्टको निधन भएपछि शोकमा रहेको परिवारलाई भेट्न कांग्रेस पाल्पाको टोली सुनडाँडा पुगेको हो । 
भगवतीको आस्था, जितगढीको वीरता र बिर्सिएका वीरहरू
भगवतीको आस्था, जितगढीको वीरता र बिर्सिएका वीरहरू पाल्पाको ऐतिहासिक भगवती मन्दिर र जितगढी नेपालको इतिहासमा वीरता, साहस, राष्ट्रिय स्वाभिमान र मातृभूमिको रक्षासँग जोडिएका महत्वपूर्ण नाम हुन ।
पाल्पामा खोलाले बगाउँदा दुई युवकको मृत्यु
पाल्पामा खोलाले बगाउँदा दुई युवकको मृत्यु जिल्लाका रैनादेवी छहरा गाउँपालिकाका दुई यवकको खोलाले बगाउँदा मृत्यु भएको छ । रैनादेवी गाउँपालिका–७ जोगेदारका ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २३ वर्षीय प्रविन पुनको खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार गत सोमबारदेखि बेपत्ता भएका उनीहरुलाई खोलाले बगाई...
बाढीपीडितका लागि लायन्स रानीमहलको १ लाख ३६ हजार सहयोग
बाढीपीडितका लागि लायन्स रानीमहलको १ लाख ३६ हजार सहयोग बाढीपहिरोबाट प्रभावित परिवारका लागि लायन्स क्लब अफ पाल्पा रानीमहलले १ लाख ३६ हजार ५ सय ५५ रुपैयाँ बराबरको राहत सहयोग गरेको छ ।  क्लबले नगदसँगै खाद्यान्न, सरसफाइ सामग्री र कपडा संकलन गरी लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पीमार्फत प्रभावित क्षेत्रमा पठाएको हो ।
अनधिकृत राहत संकलन नगर्न गुल्मी प्रशासनको कडा निर्देशन
अनधिकृत राहत संकलन नगर्न गुल्मी प्रशासनको कडा निर्देशन मनोमानी रुपमा राहत संकलन गर्ने कार्यलाई तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय गुल्मीले कडा निर्देशन  गरेको छ । बाढीप्रभावितकानाममा अनाधिकृतरूपमा चन्दा संकलन नगर्न अपिल मार्फत निर्देशन गरेको हो ।
Weather Update