गगन–विश्वको अपिल : ‘देश चलाउन वैधानिक उपाय खोजियोस्’
बुधबार, भदौ २५, २०८२
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे
बुधबार, भदौ २५, २०८२
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी पनि भागेका छन् । भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको बताइएको छ ।
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
बुधबार, भदौ २५, २०८२
नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा मंगलबार रातिदेखि सक्रिय भएको हो ।
देशभर निषेधाज्ञा र कर्फ्यू
बुधबार, भदौ २५, २०८२
देशभर निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरिएको छ । नेपाली सेनाले देशको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा र कफ्र्यू लागू गरेको जनाएको छ ।
तानसेनमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशिप
बुधबार, भदौ २५, २०८२
जिल्लामा पहिलो पटक जिल्लास्तरीय अंग्रेजी शब्द निर्माण खेल स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको तानसेन नगरपालिका– ३ मा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयमा प्रतियोगिता भएको हो । जिल्लाका विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम भएको जनाइएको छ ।
पाल्पामा पनि जेन–जीको प्रदर्शन– ‘नालायक सरकार राजीनामा दे’
मंगलबार, भदौ २४, २०८२
पाल्पामा पनि जेन–जी पुस्ताको समूहले प्रदर्शन गरेका छन् । फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जाल माथिको निलम्बन तथा भ्रष्टाचारविरुद्ध देशव्यापी उभिएको जेन–जीले सोमबारदेखि यहाँको तानसेन, रामपुर लगातका शहरमा विरोध प्रदर्शन गरिरहेको छ ।
धमाधम राजीनामा दिदै मन्त्रीहरु
मंगलबार, भदौ २४, २०८२
सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।
रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा
मंगलबार, भदौ २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले समूहिक राजीनामाको घोषणा गरेका छन् । वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसकेको भन्दै प्रतिनिधिसभामा रहेका २० जना सांसदले राजीनामा दिने घोषणा गरेका हुन् ।
जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो ।
जेन–जीको प्रदर्शन : प्रहरीको गोली लागेर १३ जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको हो ।
चल्न थाल्यो फेसबुक
सोमबार, भदौ २३, २०८२
सरकारले बन्द गरेको सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको प्रयोगकर्ताले बताएका छन् ।
पाल्पामा पत्रकार र निजामती कर्मचारीबिच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजयी
आइतबार, भदौ २२, २०८२
जिल्लाको तानसेनमा पत्रकार र निजामती कर्मचारीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगता भएको छ । २२ औं निजामती दिवसको अवसरमा तानसेनस्थित टुँडीखेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।


