काँग्रेस पाल्पामा ९४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा
मंगलबार, असोज २८, २०८२
रामपुरमा स्वास्थ्य कार्यक्रमको समीक्षा
सोमबार, असोज २७, २०८२
जिल्लाको रामपुर नगरपालिकामा स्वास्थ्य कार्यक्रमको समीक्षा गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वार्षिक समीक्षा गरिएको हो ।
जनसरोकारका विषयमा सिडिई पाल्पाले गरायो सिडियोलाई ध्यानाकर्षण
आइतबार, असोज १२, २०८२
जिल्लाका सचेत नागरिकहरुद्धारा गठित ‘क्रियटिभ डेमोक्रेटिक इभेन्ट’ (सिडिई) पाल्पाले जनसरोकारका विषयमा चासो देखाएको छ । उसले भ्रष्टाचार, सुनशासन, सेवा प्रवाह र सरकारी संरचना लगायतका बारेमा चासो देखाएको हो ।
तानसेनमा ईभी गाडी दुर्घटना, थप विवरण आउन बाँकी
आइतबार, असोज १२, २०८२
जिल्लाको तानसेन नगरपालिका –१४ कुडाँपानी नजिकै ईभी गाडी दुर्घटना भएको छ । बुटवलबाट गुल्मीको मालिका गाउँपालिका–१ दर्लिङ जाँदै गरेको बा.प्र. ०१–०३१ च ७९५७ नम्वरको रातो प्लेटको गाडी आज अपरान्ह १२ बजे दुर्घटना भएको हो ।
दसैंको मुखमा छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु
बिहीबार, असोज ९, २०८२
दसैं मुखैमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र अन्य कारणले ६ जनाको ज्यान गएको हो ।
बगनासकाली बहुउद्देश्य सहकारीले मनायो ७ औं साधारण सभा
मंगलबार, असोज ७, २०८२
जिल्लाको बगनासकाली बहुउद्देश्यी सहकारी संस्था लि. ले ७ औं साधारण सभा मनाएको छ। सहकारीले सोमबार बगनासकालीस्थित आफ्नै भवनमा एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
पाल्पाका भगवती मन्दिरहरुमा भक्तजनहरुको भिड
सोमबार, असोज ६, २०८२
बडा दशैंको पहिलो दिन घटस्थापनामा पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा देवीको दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् । पाल्पालीहरुले शुभ साईतमा घर–घर, देवीका मठमन्दिरहरुमा घटस्थापना गरेका छन् ।
सुरु भयो दसैं, आज घटस्थापना
सोमबार, असोज ६, २०८२
नेपालीहरूको महान् पर्व बडादसैं अर्थात् नवरात्र आज (सोमबार)बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । दसैं आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको मानिन्छ । पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ९ः१३ बजेको शुभ साइतमा घटस्थापना गरिनु अर्थात् जमरा राख्नु उत्तम मानिन्छ ।
आनन्द सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा सरोजराल शाक्य
शनिबार, असोज ४, २०८२
आनन्द बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व आएको छ । सहकारीको शनिबार तानसेनमा भएको १५ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले हालका उपाध्यक्ष सरोजलाल शाक्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
गणेश बचत तथा ऋण सहकारीले मनायो १२ औं साधारण सभा
शनिबार, असोज ४, २०८२
सहकारी क्षेत्रमा अब्बल बन्दै आएको गणेश बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
पाल्पामा एमालेले पनि मनायो संविधान दिवस
शुक्रबार, असोज ३, २०८२
पाल्पामा नेकपा एमाले पनि ११ औं संविधान दिवस मनाएको छ । उसले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।


