Shittalpati
तानसेनले किन नायक खोजिरहेछ ?

पदम न्यौपाने

तानसेन के हो , बुझ्न नसकेकै हो ?

आफ्नै आँगनमा लेखिएको इतिहास

पढ्न नजानेकै हो ?

ढुङ्गामा कुँदिएका कथा छन्,

गल्ली–गल्लीमा समयका पदचाप छन्,

बजार, सम्पदा, दरबार, मन्दिर, चौतारा र बाटाहरूले हिजोका हजार कथा सुनाउँछन् ।

मतलव, तानसेनले इतिहास बनायो,

पुस्तौँका पाइलालाई दिशा दियो,

तर आज त्यही इतिहासले सोधिरहेछ,

मैले इतिहास बनाएँ, तर आफ्नो इतिहास बनाउने नायक खोई ?

के नायक बाहिरबाट आउनुपर्छ ?

के तानसेनको आफ्नै माटोमा बीउ छैन ?

कि तानसेनले आफ्नै मान्छे चिन्न

अझै सिकेकै छैन/सकेको छैन् ?

के तानसेन अभागी हो ?

नायक खोज्ने होइन,

नायक जन्माउने तानसेन चाहिएको छ,

आफ्नो इतिहास पढ्ने,

वर्तमान बुझ्ने र

भोलिको इतिहास लेख्ने

नयाँ तानसेनको नायक चाहिएको छ !

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update