पाल्पा काँग्रेसले मनोनीत गर्यो सल्लाहकार, सदस्य र प्रवक्ता
सोमबार, फागुन २३, २०७८

पाल्पामा सोमबार थप ४ कोरोना संक्रमित संक्रमणमुक्त
सोमबार, फागुन २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४ जना महिलाहरु संक्रमणमुक्त भएका हुन् ।

एकै घरका पाँच जनाको मृत्यु
सोमबार, फागुन २३, २०७८
ललितपुर कोन्जोसोम गाउँपालीका–४ नल्लुमा एकै परिवारका चारजना मृत भेटिएका छन् । अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

पाल्पामा रोकिएन अवैध गिट्टी–बालुवा चोरी निकासी, चोरी गर्ने ट्याक्टर धमाधम प्रहरी फन्दामा
सोमबार, फागुन २३, २०७८
अवैधरुपमा जिल्लाका विभिन्न नदी र खोलाबाट नदीजन्य वस्तुको व्यापक उत्खनन् र चोरी निकासी हुने गरेको छ । कालीगण्डकी नदी र रामपुर आसपास खोलाहरुबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको पाइन्छ । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको स्थानीय बताउँछन् ।

गुल्मी काँग्रेसको मध्य–समीक्षात्मक बैंठक
सोमबार, फागुन २३, २०७८
‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियानको जिल्लाका ९३ वटै वडामा मध्य–समीक्षात्मक बैठक भएको छ । गत पौष २७ गते जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर सुभाराम्भ गरिएको अभियानको मध्य–समीक्षात्मक बंैठक भएको हो ।

काँग्रेसको सोमादीमा भेला : कार्यकर्तालाई उत्पादनसँग जोड्ने
आइतबार, फागुन २२, २०७८
नेपाली कांँग्रेसले जिल्लाको रैनादेवी छहरा गाउँपालिका –२ सोमादीमा वृहत भेला आयोजना गरेको छ । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा भेला भएको हो ।

रेग्मी बन्धु समाज पाल्पाको गठन, अध्यक्षमा बरूण
आइतबार, फागुन २२, २०७८
पाल्पाको तानसेनमा भएको रेग्मीहरूको भेलाले कौशिक गोत्रीय रेग्मी बन्धु समाज पाल्पा शाखाको तदर्थ समिति गठन गरेको छ । बरूण प्रसाद रेग्मीको अध्यक्षतामा भएको भेलाले तदर्थ समिति गठन गरेको हो ।

महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी
आइतबार, फागुन २२, २०७८
जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित भएकी छन् । आइतबार संघको प्रारम्भिक साधारण सभाबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

पाल्पामा आइतबार थप ६ कोरोना संक्रमित निको
आइतबार, फागुन २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

तानसेनमा बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु
आइतबार, फागुन २२, २०७८
जिल्लाको तानसेन नगरपालिका ८ नयाँपाटी नजिकै बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे बुटवलदेखि तानसेनतर्फ आउँदै गरेको लु २ ख ८३५ नम्वरको बस र विपरीत दिशाबाट जाँँदै गरेको लु ७७ प २२०२ नम्वरको स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालक माथागढी गाउँपालिका...

रामपुरबाट अवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
आइतबार, फागुन २२, २०७८
जिल्लाको रामपुरमा अवैध बालुवा निकासी गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामपुर–३,निस्दी खोलास्थित रजघर–खयरबोट जोड्ने पुल नजिकै लु ४ त २७९६ नम्वरको ट्याक्टरलाई गिट्टी, बालुवा निकालिरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बेथलको ‘स्वर्णतिरको यात्रा’
आइतबार, फागुन २२, २०७८
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डि स्कूलले रजत जयन्ती मनाउदै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले रजत जयन्ती मनाई स्वर्णतिरको यात्रा तय गरेको हो । बेथलले २५ वर्षको यात्रामा आफुलाई नेपालकै प्रतिष्ठित...

माथागढीमा वडा कार्यालय भवन उद्घाटन
आइतबार, फागुन २२, २०७८
जिल्लाको माथागढी गाउँपालिका–७ रहबासमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले उद्घाटन गरेका हुन् ।