Shittalpati
उद्योगी व्यवसायीका समस्या र सुझाव संकलन

गुल्मी, जिल्लामा रहेका उद्योगी व्यवसायीले भोगेका समस्या र सुझाव संकलन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालले यहाँका उद्योगी व्यवसायीहरुको समस्या र सुझाव संकलन गरेको हो । मन्त्रालयले नीति तथा बजेट कार्यक्रममा उद्यमीहरुका समस्या समेट्ने उद्देश्यले समस्या र सुझाव संकलन गरेको छ । यहाँका उद्योगी व्यवसायीहरुले आफुले भोगेका समस्या टिपाएका छन् ।

विगतका वर्षमा उद्यमी व्यवसायीहरुका वास्तविक समस्याको पहिचान नभएकाले प्रदेश सरकारको तर्फबाट उद्यमीहरुका समस्या समाधान गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । उद्यमी व्यवसायीहरुले नीति नियम प्रष्ट नहुनु, क्रसर उद्योग सञ्चालनमा समस्या, पर्यटन पूर्वाधारमा कसैको चासो नजानु, महिला उद्यमीले सहज रुपमा कर्जा नपाएको लगायतका समस्या राखेका थिए । मन्त्रालयका सचिव हेमराज सुवेदीले व्यवसाय सञ्चालन गर्नुभन्दा पहिले राम्रोसँग त्यसबारे बुझनुपर्ने बताए । पछिल्लो समय व्यवसाय सञ्चालन गर्ने तर आवश्यक ज्ञान नहुँदा धेरै व्यवसायले घाटा व्यर्होनु परेको उल्लेख गर्दै उनले व्यवसाय सञ्चालन गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिए । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले कार्यालयले उद्योगी व्यवसायीहरुको लागि गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । मन्त्रालयल सबै जिल्ला जिल्लामा पुगेर उद्योगी व्यवसायीहरुका समस्या र सुझाव संकलन गरेको मन्त्रालयका महाशाखा प्रमुख गौतम भण्डारीले बताए ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update