Shittalpati
इस्माको तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ्ग खानेपानीको उद्घाटन

गुल्मी, तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ खानेपानीको लिफ्ट परीक्षण इस्मा गाउँपालिका ५ रजस्थलमा उद्घाटन गरिएको छ । नेपाली कांँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले एक औपचारिक कार्यक्रमकाबिच खानेपानीको उद्घाटन गरेका हुन । खानेपानीको उद्घाटन गर्दै सभापति पन्थीले सरकार परिवर्तन हँुदा खानेपानी जस्ता अत्यावश्यक आयोजनाहरुमा असर पुर्‍याएको बताए । उनले सरकार परिवर्तन हुँदा आयोजनामा असर पुगे पनि काँग्रेसले ति योजनाहरु सफल बनाउन स्थानीयस्तरमा सहयोग गर्दै आएको बताए । उनले भने ‘जुनसुकै योजना भए पनि ति आम जनताका योजना हुन् ।’ यो खानेपानी सम्पन्न गर्ने जिम्मेवारी हामीले लिने बताउँदै सभापति पन्थीले चुनाव जित्ने जनप्रतिनिधि सबैको अभिभावक बन्नुपर्ने बताए ।

विकास र योजनाका नाममा केही राजनीतिक दलले आम जनतालाई विभेद गर्ने गरेको उनले बताए । यति आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले चुनाव जिते कसैप्रती पूर्वाग्रह नराख्ने सभापति पन्थीले बताए । जनप्रतिनिधिले जनताका लागि केही गर्छु भनेर आएपछि प्रतिवद्ध भएर लाग्नुपर्ने उनले बताए । राजनीतिलाई मजबुत बनाउन जनताका कुरा सुन्नु पर्नेमा सभापति पन्थीले जोड दिए । अझै पनि केही काम बाँकी भएपनि फेरि बजेट बिनियोजन गरेर काम पूरा गर्ने पन्थीको भनाइ छ । यो आयोजनामा दुई स्टिम गरी लिफ्टिङमा लगिएको खानेपानी योजनाका अध्यक्ष भगत खडकाले बताए । विकासका क्षेत्र राजनीति गर्ने ठाउँ नभएको बताउदै उनले यी यस्ता संरचनामा राजनीति साघुरो हुन नहुने उल्लेख गरे । इस्मा रजस्थलका ६२ घरले उक्त खानेपानी प्रयोग गर्ने खड्काले बताए । यो समग्र इस्माको सम्पति भएको भन्दै उनले यो आयोजना काँग्रेसले मात्र नभई सबैको सहयोगमा ल्याइएको बताए । केन्द्रीय बजेटमा समावेश भएको उक्त खानेपानी आयोजनामा २४ लाखको पाइप खरिद गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति चन्द्रबहादुर महत, जिल्ला सदस्य पदम बिस्ट, प्रदेश सभा सभापति झबिन्द्र अर्याल, इश्वरी प्रसाद अर्याल,नेकपा माओवादीका प्रतिनिधि ज्ञानबहादुर बिस्ट,नेकपा एकीकृत समाजवादीका प्रतिनिधि राम प्रसाद पन्थ, जग्ग्गा दाता रिमलाल अर्याल,कुल चन्द्र कुंवर लगायतले आ–आफ्ना धारणा राखेका थिए । खानेपानीका अध्यक्ष भगत खड्काको अध्यक्षता, सचिव टिका कुंवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update