Shittalpati
गुल्मीमा आए प्रहरी प्रमुखको रुपमा दाहाल

गुल्मी, गुल्मीमा प्रहरी प्रमुखको रुपमा भिमबहादुर दाहाल आएका छन् । उनी प्रहरी प्रमुखको रुपमा जिल्ला आएसँगै पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार प्रहरी उपरीक्षक दाहाल र पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम तथा भेटघाट भएको हो । भेटघाटको क्रममा प्रहरी उपरीक्षक दाहालले जिल्लाको समग्र विषयवस्तुमा पत्रकारहरुसँग जानकारी लिएका थिए । जिल्लाको शान्तिसुरक्षा कायम गर्न पत्रकारसँगको सहकार्य पनि अपरिहार्य भएको भन्दै दाहालले सूचना आदान–प्रदान गरेर अगाडि बढ्नुपर्ने बताए ।

पत्रकारहरुले प्रहरीबाट दिने सूचना समयमा उपलब्ध गराउन माग राखेका थिए । सूचना आदान–प्रदानमा आफूहरूको पनि सहयोग हुने भन्दै पत्रकारहरुले ठूला घटना गुल्मीमा नहुने भएकाले स–साना कुरामा ध्यान दिन आग्रह गरेका थिए । उपरीक्षक दाहालसँगको भेटघाटमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्याल, निवर्तमान अध्यक्ष नवराज भुसाल, वर्तमान उपाध्यक्ष रेशम कुँवर, सह–सचिव तिलाचन पाण्डे र तेजेन्द्र श्रेष्ठ लगायतले जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरी उपरीक्षक दाहाललाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update