Shittalpati
पाल्पाको माथागढीमा आगो ताप्ने क्रममा जलेर महिलाको ज्यान गयो
पाल्पाको माथागढीमा आगो ताप्ने क्रममा जलेर महिलाको ज्यान गयो जिल्लाको माथागढी गाउँपालिका ३ मा आगो ताप्ने क्रममा जलेर एक महिलाको ज्यान गएको छ । माथागढी–३ की ६२ वर्षीया सुमित्रा कुमालको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो ।
सङ्खुवासभा दुर्घटना : मृतकको संख्या १४ पुग्यो, पाँच घाइते
सङ्खुवासभा दुर्घटना : मृतकको संख्या १४ पुग्यो, पाँच घाइते सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
पाल्पामा छायाँकन भएको ‘परदेशी–२’  दशैंमा
पाल्पामा छायाँकन भएको ‘परदेशी–२’ दशैंमा बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । पाल्पाका विभिन्न स्थानमा छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र आगामी दशैंको अवसरमा प्रदर्शनमा आउने पक्का भएको हो ।
माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’
माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’ जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित खानी उद्योगहरुबाट असुरक्षित भएको स्थानीयहरुले बताएका छन् । बुधबार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा खानी प्रभावित नागरिकहरुले कोइलाखानी तथा चुनढुङ्गाखानीहरुका कारण आफुहरु असुरक्षित रहेको बताएका हुन् । उनीहरुले चुनढुङ्गा खानीहरुले जथाभावी रुपमा ढुङ्गा, माटो फाल्दा स्कूल जाने बालबालिका र घाँस काट्न जानेहरु असुरक्षित हुने गरेको बताएका...
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण जिल्लाको माथागढी गाँउपालिका–४ झडेवामा खुर्सानी वितरणसँगै अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको एक गाउँ एक उत्पादन खुर्सानी पकेट कार्यक्रम अन्तर्गत खुर्सानी बिउ वितरण तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । झडेवालाई खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने गरी गाउँपालिकाले यहाँका विऊ वितरण र विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
भत्कियो तानसेनको अमर नारायण मन्दिर, अनिष्ट हुने पुजारीको आशंका
भत्कियो तानसेनको अमर नारायण मन्दिर, अनिष्ट हुने पुजारीको आशंका तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिर भत्किएको छ । मन्दिरको दक्षिण र पूर्व तर्फको मध्य भागको छाना सहितको भाग भत्किएको हो ।
नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा : बिष्ट
नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा : बिष्ट नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुने खतरा निरन्तर बढिरहेको बताएका छन् । गृह जिल्ला गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको एकीकृत बस्तीमा पीडितहरुलाई घर हस्तान्तरण गर्दै बिष्टले नेपालमा दोब्बरले मूल्यवृद्धि हुन सक्ने खतरा बढिरहेको बताएका हुन् ।
बुधबार थप २ जनामा कोराना, १ संक्रमणमुक्त
बुधबार थप २ जनामा कोराना, १ संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २ जनामा संक्रमण पुष्टि भएको हो । २ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा नै संक्रमण देखिएको छ ।
पाल्पामा अवैध लागूऔषधसहित चार जना युवा पक्राउ
पाल्पामा अवैध लागूऔषधसहित चार जना युवा पक्राउ अवैध लागूऔषधसहित प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध ओसारपसारमा संलग्नहरूलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अनुसार तानसेन नगरपालिका–७ बाँसटारीस्थित सिद्धार्थ राजमार्गबाट दुई जना र रिब्दीकोट गाउँपालिका वडा २ दमक र ३ डुम्रीका स्थित हार्थोक–सर्देवा कच्ची सडक खण्डबाट दुई जनालाई अवैध लागूऔषधसहित पक्राउ...
कुसुम सहकारीले गर्‍यो महिलाहरुलाई सम्मान
कुसुम सहकारीले गर्‍यो महिलाहरुलाई सम्मान तानसेनमा वित्तिय कारोबार सञ्चालन गर्दै आएको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लाका उद्यमी तथा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुलाई सम्मान गरेको छ । सहकारीले आर्थिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै महिलाहरुलाई सम्मान गरेको हो ।
नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड
नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले मंगलबार साधारण शेयरको बाँडफाँड गरेको हो ।
रेसुङ्गा विमानस्थलबाट बैशाखदेखि नियमित उडानको तयारी, पूर्वमन्त्री ज्ञवाली सहित सरकारी टोलीद्वारा निरीक्षण
रेसुङ्गा विमानस्थलबाट बैशाखदेखि नियमित उडानको तयारी, पूर्वमन्त्री ज्ञवाली सहित सरकारी टोलीद्वारा निरीक्षण गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा १० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको नियमित उडानको तयारी हुँदैछ । विमानस्थलको पछिल्लो अवस्था र नियमित उडानका लागि पूर्वमन्त्री प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरीक्षण गरेको छ । निर्माणधिन...
Weather Update