Shittalpati
पाल्पाको रानीमहल भलिबलको ‘हव’ बन्न सक्छ

जीवलाल सुवेदी
नेपालको ताज महलका रुपमा परिचित पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट एक–एक, तीन विभागीय र स्थानीय सहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुनेछ । ‘बिच’ भलिबल प्रतियोगिताको सद्भावनादूतमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धीरेन शाक्यलाई मनोनीत गरिएको छ ।

दुवै जना पाल्पा निवासी हुन् । प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै बिच भलिबलको ‘हव’का रुपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ । यो विषयले पाल्पालीमा निकै उत्साह छाएको छ । यहाँ ७ प्रदेशका ७ टिम नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी गरी १० टिम बिच भलिबल प्रतियोगिता हुने कुरा ठूलो हो । यसरी पाल्पामा आयोजना हुने यो खेल यति ठूलो नेपालकै प्रथम हो जसले पाल्पाको पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने देखिन्छ । ७ प्रदेशका मानिसहरुको आगमनले पाल्पाका पर्यटन, उद्योग, ढाका, करुवा व्यवसायी र यहाँका कलाकौशल, हरियाली जंगल, मठमन्दिर, दरवार लगाएत उक्त प्रदेशबाट आउने मानिसहरुको अवलोकनले निश्चित रुपमा पाल्पाको रानीमहल र पाल्पाकै विकासमा ठूलो टेवा पुग्ने कुरामा दुई मत छैन ।

‘बिच’ भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो । यो खेल रानीमहलको तल्लो भाग जहाँ कालिगण्डकी नजिकै रहेको वालुवा खेलिने छ । सोही स्थानमा खेलिने भएकाले त्यस क्षेत्रमा सुधार गर्ने काम भैरहेको छ । यस क्षेत्र रानीमहल नजिकै महिलाहरु बिच भलिवल खेल हुनु भनेकै रानीमहलको चिनारी ७ वटै प्रदेशमा पुग्ने र राणा खड्कले आफ्नो रानी तेजकुमारीको सम्झनामा बनाइएको दरवारको प्रचार प्रसार हुने निश्चित छ । यहाँ हालसम्म विश्वका १०० देशका बाÞय पर्यटक भित्रिसकेका छन् । अहिले पनि नेपालमा ७७ वटै जिल्लाहरुबाट महिला समूह, विभिन्न सहकारी संस्थाका पदाधिकारीहरु, नगरपालिका गाउँपालिका, विभिन्न संघ संस्था, सरकारी निकायका व्यक्तित्वहरुको आगमन बहुतै वढेको छ । यसले गर्दा यहाँका होटल, यातायात व्यवसायहरुलाई प्रत्यक्ष रुपमा फाइदा पुगेको देखिन्छ । पाल्पा तानसेन बजार र रानीमहल क्षेत्रमा यतिबेला निकै चहलपहल बढेको देखिन्छ । नेपालकै ताजमहल अर्थात् रानीमहल क्षेत्रभित्र खेलकुद हव बनाउन आवश्यक देखिएको छ । पाल्पा रानीमहल अगाडि बालुवा क्षेत्र र वरिपरी हरियाली सुन्दर स्थान त्यहीसँगै रहेको कालिगण्डकी ताल यहाँ भलिबल, सुईमिङ, प्यारागलाइडिङ, फुटबल लगायतका खेलकुद सञ्चालन गर्ने देखिएको छ । पाल्पा तानसेनको बजारदेखि १५ किलोमिटर मात्रै रहेको यो रानीमहल पाल्पाकै ऐतिहासिक गहनाको रुपमा चिनिन्छ । आज भन्दा १३६ वर्ष पहिले पाल्पाका राणा खड्क शमसेरले आफ्नो रानी तेजकुमारीको सम्झनामा बनाएको यो दरवार हेर्न आन्तरीक तथा बाह्य पर्यटकहरु जुनसुकै महिनामा पनि यहाँ अवलोका लागि आउने गर्दछन् । देश विदेशबाट समेत फिल्म बनाउन कलाकारदेखि नेपालका उच्च ओहदाका मानिसहरु यहाँ आउने गर्छन् । रानीमहल प्रेमको प्रतिक भएकाले पनि यहाँ प्रेमिल जोडीहरु पनि आउने गर्दछन् । पाल्पा आउनेको पहिलो रोजाई नै रानीमहल हो । नेपालका काठमाडौं, भक्तपुर, ललितपूर बाके, कैलाली लगायत ७७ वटै जिल्लाहरुबाट र अमेरिका, जापान, नेडरल्याण्ड, भारत, चिन जस्ता विकसित मुलुकहरुबाट समेत रानीमहल हेर्न र फोटो खिच्नका लागि भिड हुने गर्दछ । अझै यो चैत्र वैशाख महिनामा बढी आउने गर्दछन् । रानीमहल, भैरव मन्दिर रिडीको दृष्टिकोण मन्दिर, पाल्पा तानसेन दरवार, टुँडिखेलको करुवा, नारणस्थान, त्रिभुवन बहुमुखी क्याम्पसको ऐतिहासिक भवन, सत्यवती वजै, सुकेताल हेर्न र घुम्न आन्तरिक तथा बाÞय तथा आन्तरिक पर्यटक आउने गर्दछन् । यहाँको ग्रामीण क्षेत्र पनि धेरै सुन्दर हुनाले पाल्पा सुन्दरको नाममा परिचित छ । पाल्पाको टुरिजम एरिया र यहाँको हावापानी जहिले पनि सित्तलता हुने भएकाले यहाँ खेल क्षेत्रको हव बनाउन जरुरी देखिन्छ । पाल्पाका जति पनि होटलहरु छन् ति होटलहरु धेरै सुन्दर स्थानमा सुन्दर होटल छन् । यहाँका होटल व्यवसायीहरुले पर्यटक भित्राउन र खानावास राम्रो बनाउन सदैव लागि परेको देखिन्छ । यहाँ आउने अथितिहरुलाई सेवाका लागि यहाँका होटल सदैव तयार छन् । पाल्पा रानीमहल क्षेत्र यही चैत्र महिनाको अन्तिम हवता महिला बिच भलिवल प्रतियोगिताले यहाँको अझै सुन्दरता देखाउने छ । उक्त समयमा पक्कै पनि होटल व्यवसायहरुले उक्त खेल अवधी भरी खानावास लगायतका हरेक कुराहरुमा अथिति सेवा सत्कार गर्न तयार छन् । सञ्जय स्मृती प्रतिस्थानको आयोजना हुन लागेको महिलाबिच भलिवल प्रतियोगिता रानीमहल परिसरमा हुँदैछ ।

युवा तथा खेलकुल मन्त्रालयका सचिव डाक्टर डामुदर रेग्मीले उक्त स्थानलाई भलिबल हव बनाउन सकिने बताएका छन् । यो खेल नेपालको रानीमहलमा धेरै सम्भावना बोकेकाले समुन्द्रिक सतहको किनारमा बालुवासँग खेल्ने खेल भए पनि प्राकृतिक रुपमा धेरै जसो नदि नालाको किनारमा यो खेल धेरै उत्तम हुन्छ । पाल्पाको रानीमहलमा हुने भलिवल प्रतियोगिता राष्ट्रिय खेल भलिवलले थप लोकप्रिय बनाउने अभियानमा मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ । कालिगण्डकी करिडोर बिच भलिवल सम्भावना गन्तव्य हो र यसलाई निरन्तरता दिन सकिने कुरामा ध्यान दिनुपर्छ । उक्त खेलकुदका लागि पर्वतिय खेलकुद महासंघका गोविन्द भट्टराईले पानीमा खेलिने खेलको प्रचुर सम्भावना भएको बताए । यसैगरी फिल्म नायक धिरेन शाक्यले उक्त स्थानलाई खेलकुद हव बनाउन सबै तह र क्षेत्रबाट सहयोग आवश्यक रहेको उनको बुझाई छ । राष्ट्रिय खेलकुद परिसद्का कार्यकारी सदस्य एकेन्द्र कुंवरले राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजनाबाट सिङ्गो भलिबल क्षेत्र उत्साहित हुने बताए । उक्त खेलको आयोजक संस्थाकी अध्यक्ष निरोज मास्केले खेलकुदको विकासका साथै उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सकिने कुरामा जोड दिइन् । पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले रानीमहलमा हुने बिच महिला भलिबल प्रतियोगिताबाट उक्त क्षेत्रको पर्यटन क्षेत्रको विकास विस्तार हुने कुरामा जोड दिए । यसले गर्दा पाल्पाको विकास निर्माणमा पक्कै पनि ठूलो फड्को मार्ने कुरामा पाल्पालीहरु विश्वस्त छन् ।

(लेखक प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update