Shittalpati
आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन

पाल्पा, नेपाली काँग्रेसको भातृसंस्था नेपाल आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संघको प्रथम अधिवेशन भएको हो । अधिवेशनको नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले उद्घाटन गरेका हुन् ।

अधिवेशनको उद्घाटन गर्दै सभापति श्रेष्ठले आफ्नो अधिकारका लागि आदीवासी जनजाती एक हुन आग्रह गरे । उनले आदिवासी जनजातीको जिल्लामा छुट्टै पहिचान भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । सभापति श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारहरुलाई भारी मतले विजयी गराउन समेत सबैलाई आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य लालकुमारी राना, पार्टी सचिव सन्तोष थापा मगर, आदीवासी जनजाती संघका जिल्ला अध्यक्ष कृष्णबहादुर राना, महाधिवेशन प्रतिनिधि नलबहादुर राना, काँग्रेस रिब्दीकोटका सभापति रामचन्द्र पाण्डे, काँग्रेसका जिल्ला सदस्य माधव थापा, काँग्रेस रिब्दीकोट ३ का वडा सभापति गोविन्द आचार्य लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरे । उद्घाटन सत्र कार्यक्रम संघका अध्यक्ष नरबहादुर बुँचाको अध्यक्षता, क्याप्टेन अम्मरबहादुर सारुको स्वागत, शेरबहादुर सारुको सञ्चालनमा भएको थियो । अधिवेशनले नरबहादुर बुँचाको अध्यक्षतामा ३५ सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा देवी मल्ल, गनु बगाले, सचिवमा मनबहादुर अस्लामी र सपना दर्लामी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update