Shittalpati
तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक

पाल्पा, नेपाल प्रेस युनियन पाल्पाको बैठक बसेको छ । आसन्न स्थानीय चुनाव र युनियनको केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न शनिबार तानसेनमा युनियनको बैंठक बसेको हो । बैंठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि युनिनको कार्यालयमा न्यूज डेस्क खडा गरी समाचार सम्प्रेषण गर्ने निर्णय गरेको छ । बैंठकले सेरोफेरो न्यूजका सम्पादक मुक्तिप्रसाद न्यौपानेको संयोजकत्वमा नवजनचेतना दैनिकका उपसम्पादक रामचन्द्र रायमाझी र भैरवखबरका सम्पादक सन्तोष गहतराजलाई न्यूज डेस्कको जिम्मेवारी दिएको छ । युनियनले पाल्पाका १० वटै स्थानीय तहमा एक/एक जना पत्रकारलाई रिपोटिङ्गमा समेत खटाउने छ ।

यस्तै युनियनले जेठमा हुने नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनका विषयमा समेत छलफल गरेको छ । बैंठकले महाधिवेशनको तयारीका लागि युनियनका केन्द्रीय सदस्य माधव अर्यालको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ । बैंठकले युनियनको विधि प्रक्रिया अनुसार तीन जना नयाँ पत्रकारलाई युनियनको सदस्यता समेत दिने निर्णय गरेको छ । उसले भैरव खबर डटकमा कार्यरत रमेश राना, सनराईज टेलिभिजनमा कार्यरत बविता विस्ट र प्रेरणा नेपाललाई युनियनको नयाँ सदस्यता दिने निर्णय गरेको हो । बंैठक युनियनका सभापति भरत शर्माको सभापतित्व बसेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update