Shittalpati
आनन्द सहकारीले गर्‍यो अध्ययन अवलोकन भ्रमण

पाल्पा, तानसेनमा रहेको आनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सहकारीहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले विभिन्न ठाउँमा पुगेर ६ दिने अध्ययन अवलोकन भ्रमण गरेको हो । उसले बुटवलमा रहेको सत्यसाई बचत तथा ऋण सहकारी संस्था र झापाको मेचीनगर ६ काँकरभित्तामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिं को अध्ययन अवलोकन गरेको हो ।

विभिन्न ठाउँमा रहेका सहकारीहरुले गरेका गतिविधि, कार्यक्रम र क्षेत्रका विषयमा जानकारी लिई आवश्यकता अनुसार तानसेनमा प्रयोग गर्ने उद्देश्यले अध्ययन अवलोकन गरिएको भ्रमणका संयोजक तथा सहकारीका उपाध्यक्ष सरोजलाल शाक्यले बताए । सहकारीको भ्रमण कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा पुगेर सहकारीहरुको अवलोकन गर्ने गरिएको सहकारीका अध्यक्ष सर्जुलाल ब्रजाचार्यले बताए । सञ्चालक समिति, लेखासमिति, अन्य उपसमिति, सल्लाहकार र कर्मचारी गरी १७ जनाको टोलीले अध्ययन अवलोकन गरेर फर्किएको सहकारीका प्रवन्धक प्रकाश शर्माले बताए । वित्तयि क्षेत्रमा जिल्लामै अग्रहणी भूमिका खेल्दै आएको सहकारीले यस अघि पनि जेष्ठ नागरिकलाई अध्ययन अवलोकनको भ्रमण गराएको थियो । २०६७ साल कार्तिकमा स्थापना भएको संस्थाले छोटो समयमै समृद्धिको यात्रामा फड्को मारेको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई सार्थकता दिदै सहकारीले आफुलाई समृद्धिको दिशामा अब्वल बनाउँदै लगेको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएकोे छ । आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि आनन्दले शेयर सदस्यहरुमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको हो । वित्तीय सहकारी अभियानमा जागरण, सशक्तिकरण, व्यवसायिकीकरण, गुणस्तरिय सुनिश्चिता, संस्थागत वृद्धि र निरन्तर समृद्धिको खाका तय गर्दै सहकारी अगाडि बढेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update