Shittalpati
यामाहाले ल्यायो नयाँ अफर, २० लाखसम्म जित्ने अवसर

पाल्पा, नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै नयाँ अफर ल्याएको हो । अफर अन्तर्गत ग्राकहले २० लाख रुपैयाँसम्म जित्न सक्ने छन् । नयाँ वर्षलाई लक्षित गरी ग्राहकहरुका लागि ‘२०७९ एक हजार गुणाले खुसी बढाउनुहोस्’ नामको अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४=८ हजार ३१६ देखि २०७९×१००=२ लाख ७ हजार ९ सय रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्ने छन् । त्यस्तै बम्पर पुरस्कारमा एक जना भाग्यशाली ग्राहकले २०७९×१०००=२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन् । यामाहाका बाइक/स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् । कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइटबाट दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन् । यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले ग्राहकहरूको सन्तुष्टि नै कम्पनीको खुसी भएको भन्दै सम्भवतः नेपालका लागि पहिलो र अहिलेसम्मकै ठूलो उपहार भएको दाबी गरे । यस अफर ६ चैतदेखि सुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने छ ।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update