४० कोरोना संक्रमित थपिए
मंगलबार, असार २१, २०७९
भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते
सोमबार, असार २०, २०७९
भरुवा बन्दुक पड्किँदा पाल्पा माथागढीका १९ वर्षीय टेकबहादुर दर्लामी घाइते भएका छन् । भरुवा बन्दुक बोकी जंगलमा गएको अवस्थामा लडेर पड्किँदा माथागढी गाउँपालिका–५ महलपोखरीका दर्लामी घाइते भएका हुन् ।
हतियारसहित तीन भारतीय पक्राउ
सोमबार, असार २०, २०७९
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई आइतबार राती हतियारसहित पक्राउ गरेको हो ।
पाल्पामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एकको मृत्यु, एक वेपत्ता
सोमबार, असार २०, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना वेपत्ता छन् । सिद्धबाबा दर्शन गरेर खोलामा पौडी खेल्न गएका भारत युपि दोहोरिया गोरखपुरका १८ वर्षीय नन्द कुमार निसादको खोलाले बगाएर ज्यान गएको हो ।
बस्यालको सानै उमेरमा राष्ट्र र समाजप्रतिको मोह
सोमबार, असार २०, २०७९
उमेरले १९/२० वर्ष पुगेका पाल्पा बगनासकाली गाउँपालिका –८ बराङ्दीका सुशिल बस्याल देश र समाजप्रति चिन्तन, मनन् गर्ने एक युवक हुन् । गीतमार्फत होस् वा कर्म गरेरै किन नहोस् समाज र देशप्रति देखाएको चिन्तन र मनन् प्रष्टै देखिन्छ ।
नेप्से परिसूचक ५७ अंकले बढ्यो
सोमबार, असार २०, २०७९
आइतबार सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । परिसूचक बढेसँगै नेप्से २०८६ अंकमा पुगेको हो । नेप्से परिसूचक बढेपछि कारोबारमा समेत वृद्धि भएको छ ।
विज्ञापन सम्बन्धी आचारसंहिता सार्वजनिक
सोमबार, असार २०, २०७९
विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ । विज्ञापन बोर्डले एक औपचारिक कार्यक्रमको आयोजना गरी आचारसंहिता सार्वजनिक गरेको हो ।
थप ५३ जनामा कोरोना
सोमबार, असार २०, २०७९
पछिल्लो २४ घण्टनामा नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको हो ।
संक्रमण बढ्यो : तीन सय चौध कोरोना संक्रमित
आइतबार, असार १९, २०७९
नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि परे हो । यहाँ स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण संक्रमणको ग्राफ बढ्दै गएको छ ।
समृद्धिको पैसा दोब्बर हुने निक्षेप योजना
आइतबार, असार १९, २०७९
समृद्धि फाइनान्सले पैसा दोब्बर हुने निक्षेप योजना ल्याएको छ । फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तरगत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको हो ।
कृषकलाई अनुदानमा हाते ट्याक्टर
आइतबार, असार १९, २०७९
रामपुरका कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । हराभरा महिला कृषि सहकारी संस्था रामपुरले रामपुर नगर सरकारको सहयोगमा यहाँका कृषकलाई हाते ट्याक्टर दिएको हो । धान खेति पकेट विकास कार्यक्रममा सहभागी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको सहकारीले जनाएको छ ।
दिनहुँ थपिँदै हैजाका बिरामी
आइतबार, असार १९, २०७९
संघीय राजधानी काठमाडौंमा हैजाका विरामीहरु एकपछि अर्को गरी दिनहुँ देखिन थालेका छन् । आम नागरिकबाटै हेलचेक्य्राइँ भएपछि हैजाका विरामीहरु दिनहुँ थपिदै गएका हुन् ।
सिँचाइले बाँझो जमिन हराभरा
शनिबार, असार १८, २०७९
सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् । बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उनलाई...

