Shittalpati
नेप्से परिसूचक ५७ अंकले बढ्यो

पाल्पा, आइतबार सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । परिसूचक बढेसँगै नेप्से २०८६ अंकमा पुगेको हो । नेप्से परिसूचक बढेपछि कारोबारमा समेत वृद्धि भएको छ । कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । बजारका सबै सूचक बढेका छन् । बैंकिङ १६, विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १ सय २८, जीवन बीमा १ सय ७०, उत्पादन २ सय ५०, माइक्रोफाइनान्स १ सय ३९, निर्जीवन बीमा १ सय ८१, अन्य ७२ र ब्यापार उपसमूह सूचक १ सय ७४ अंकले बढेको छ । कुल १७६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ५ को स्थिर रहयो । साल्ट ट्रेडिङ, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोसी, सान्जेन, नेस्डो लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रसुवागढी र मध्यभोटेकोसीको मूल्य साढे ९ प्रतिशत धेरैले बढ्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया र नेपाल पुनर्बीमा कम्पनी क्रमश : अगाडि रहेका छन् ।

यसअघि घटेको बजारमा कम्पनीहरूको शेयर मूल्य सस्तिएकाले लगानीकर्ताको आकर्षण देखिएपछि नेप्से बढेको शेयर विश्लेषकहरू बताउँछन् । यस दिन ८.५ % बिओके डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य सबैभन्दा बढी ९ दशमलव ३१ प्रतिशत घटेको छ । सो ऋणपत्रको मूल्य. ८७१ कायम भएको छ ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update