Shittalpati
रवि लामिछाने राजनीतिमा प्रवेश, गरे पार्टीको घोषणा
रवि लामिछाने राजनीतिमा प्रवेश, गरे पार्टीको घोषणा लामो समय सञ्चारकर्ममा लागेका रवि लामिछाने राजनीतिमा प्रवेश गरेका छन् । उनले केही दिन अघि आफ्नो सामाजिक सञ्जालमार्फत सञ्चारकर्मम छाडेर राजनीतिमा प्रवेश गरेको बताएका थिए ।
बजेटका लागि सुझाव माग्दै बगनासकाली गाउँ सरकार
बजेटका लागि सुझाव माग्दै बगनासकाली गाउँ सरकार संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेका छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइसक्नु पर्ने संवैधानिक बाध्यता भएकाले पनि स्थानीय तहहरु त्यसको तयारीमा दिन रात खटेका छन् । स्थानीय तहले १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् ।
आर्थिक विधेयक बहुमतले पारित
आर्थिक विधेयक बहुमतले पारित प्रतिनिधिसभाको सोमबारको बैठकले ‘आर्थिक विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघिको छलफलमा सांसदहरुले करको दायरा विस्तार नभएको र करमाथि कर मात्रै लगाउने काम भएको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व
जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको तेस्रो अधिवेशनले नयाँ चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
सार्वजनिक सवारीको भाडामा भारी वृद्धि, कहाँ जान कति ?
सार्वजनिक सवारीको भाडामा भारी वृद्धि, कहाँ जान कति ? यातायात व्यवस्था विभागले सार्वजनिक गाडी भाडामा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।
तिनाउ नदीमा शव फेला
तिनाउ नदीमा शव फेला बुटवलको तिनाउ नदीमा सोमबार एक शव फेला परेको छ ।
आफैंले खोलेको स्कूलमा प्रअदेखि अध्यक्षसम्म
आफैंले खोलेको स्कूलमा प्रअदेखि अध्यक्षसम्म गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए ।
यौनिक अल्पसंख्यक र अपाङ्गताबारे बुझ्दै परिवार नियोजन संघ
यौनिक अल्पसंख्यक र अपाङ्गताबारे बुझ्दै परिवार नियोजन संघ जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले यौनिक अल्पसंख्यक, अपा·ता र अन्य समुदायका नागरिकहरुको विषयमा बुझ्ने काम गरेको छ । संघले यौनिक अल्पसंख्यक, अपाङ्गता, दृष्टिविहीन, एचआइभी संक्रमितहरुले भोग्नु परेको समस्या, गुनास र अपेक्षाका विषयमा बुझ्ने प्रयास गरेको हो ।
बगनासकालीका जनप्रतिनिधिले लिए गतिविधिको जानकारी
बगनासकालीका जनप्रतिनिधिले लिए गतिविधिको जानकारी जिल्लाको बगनासकाली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले पालिकाका कर्मचारीहरुसँग चालु आर्थिक वर्षमा भए गरेका गतिविधिहरुको जानकारी लिएका छन् । नव निर्वाचित जनप्रतिनिधीहरुले जेठ मसान्तसम्म भएका काम गतिविधी, आम्दानी खर्च, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पुर्वाधार, राजश्व, कृषि, पशु, लगायतका विषयमा कर्मचारीहरुंसँग जानकारी लिएका हुन ।
माछापुच्छ्रे बैंकको डबल धमाका निक्षेप योजना
माछापुच्छ्रे बैंकको डबल धमाका निक्षेप योजना माछापुच्छ्रे बैंकले डबल धमाका निक्षेप योजना ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको स्मार्ट मुद्दती खाता अन्तर्गत डबल धमाका योजना ल्याएको हो ।
प्रभावकारी बन्दै ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी
प्रभावकारी बन्दै ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी पछिल्लो समय तानसेन नगरपालिका भित्र रहेका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुको सेवा निकै प्रभावकारी बन्दै गइरहेको छ । बर्थिङ र ल्याव सेवा सञ्चालनमा आए पछि यहाँका स्वास्थ्य चौकीहरुको सेवा प्रभावकारी बन्दै गएको हो ।
Weather Update