Shittalpati
विज्ञापन सम्बन्धी आचारसंहिता सार्वजनिक

पाल्पा, विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ । विज्ञापन बोर्डले एक औपचारिक कार्यक्रमको आयोजना गरी आचारसंहिता सार्वजनिक गरेको हो ।

आचारसंहिता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् । आचारसंहिता सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता एक हप्ता भित्रैमा अनुभूति हुने गरी कार्यान्वयन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिए । उनले सरोकारवाला पक्षहरुसँग धेरै छलफलपछि जारी गरिएको आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने बताए । उनले भने, ‘आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिलाई अन्त गर्दै यसले यो क्षेत्रलाई मात्रै होइन समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ ।’ उनले आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान आएमा मन्त्रालयले तत्काल त्यसलाई हटाउने प्रतिवद्धता पनि जनाएका छन् । आचारसंहिताले विज्ञापन बजारमा देखिएका अपारदर्शी तथा अस्वस्थ्य प्रतिष्पर्धा लगायतका विकृति तथा विसंगतिलाई कम गरी विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउने तथा उपभोक्तालाई गुणस्तस्तरीय वस्तु तथा सेवा प्राप्रिुतमा सुनिश्चितता प्रदान गर्ने विश्वास लिएको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले बताए । विज्ञापन आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाई विज्ञापन व्यवसायलाई मर्यादित बनाउने विश्वास बोर्डले लिएको छ । आचारसंहितामा विज्ञापन गर्न हुने र नहुने विषयवस्तुका सम्बन्धमा स्पष्ट रुपमा उल्लेख गरेको अध्यक्ष हुमगाइले बताए । कार्यक्रममा सञ्चार तथा सूचना मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाल विज्ञापन संघ नेपालका अध्यक्ष सोम धिताल, मिडिया सोसाईटीका महासचिव मदन लम्साल, नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेल, बरिष्ठ पत्रकार बबिता बस्नेत, सञ्चारीका समुह नेपालका अध्यक्ष बिमला तुम्खेवाले समेतले आचारसंहिता कार्यान्वयनमा जोड दिएका थिए ।'

आचारसंहिता विज्ञापन बोर्डको गठनपछि सरोकारवाला र विज्ञसँग छलफल र अन्तक्र्रिया पश्रुचात विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ग) बमोजिम निर्माण गरी कार्यान्वयनमा ल्याईएको बोर्डले जनाएको छ । आचारसंहितमा उपभोक्ताको हक हितको संरक्षण, महिला, वालवालिका तथा पिछडिएका वर्गको हितको संरक्षण जस्ता विषयवस्तुहरु समेटिएका छन् । विज्ञापनको उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणमा संलग्रुन व्यक्तिले पालना गर्नुपर्ने आचरणका विषयमा आचारसंहिता केन्द्रीत रहेको छ । विज्ञापन उत्पादन गर्दा मौलिक सिर्जनालाई प्राथमिकता दिने, स्वदेशी कला र सँस्कृतिलाई प्रोत्साहन गर्ने व्यवस्था समेत गरिएको छ । अरुको नक्रुकल गर्न नहुने लगायतका विषयमा आचारसंहितमा विशेष व्यवस्था गरिएको छ । आचार संहिताका विषय बस्तुहरु सामाजिक मर्यादा कायम गर्न, महिला तथा बालवालिको विज्ञापनमा दुरुपयोग हुनबाट रोक्न,उपभोक्ताको हितको संरक्षण गर्न, स्वच्छ प्रतिष्पर्धात्मक वातावरण सिर्जना गर्न परिलक्षित छन् । आचारसंहितामा स्थलगत तथा डिजिटल माध्यमबाट हुने विज्ञापनको उत्पादन, वितरण तथा प्रकाशन वा प्रसारण गर्दा अपनाउनु पर्ने आचारणका विषयमा स्पष्ट व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update