‘चरी लैजा समाचार, हामी भयौं बेघरबार...’
सोमबार, माघ २३, २०७९

गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरियो रास्वपा
आइतबार, माघ २२, २०७९
गृहमन्त्री नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।

श्रमजीवी पत्रकारको सामाजिक कोषमा बागमती प्रदेश सरकारको सहयोग
आइतबार, माघ २२, २०७९
बागमती प्रदेश सरकारले श्रमजीवी पत्रकारको सामाजिक कोषका लागि रू ५० लाख प्रदान गर्ने घोषणा गरेको छ । प्रादेशिक संरचनामा प्रेस तथा सञ्चारकर्मीका साथै सञ्चारमाध्यम र पत्रकारको व्यवस्थापनका लागि बागमती प्रदेशले प्रादेशिक कानुन बनाएर लागू गरेको थियो । विसं २०७४ को निर्वाचनपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रहनुभएका शालिकराम जम्कट्टेलको नेतृत्वमा प्रदेश...

रहेनन् नेपालका पहिलो गभर्नर राणा
आइतबार, माघ २२, २०७९
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । राणाको ९५ वर्षको उमेरमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।

माछापुच्छ्रे बैंकका ग्राहकलाई अस्पतालमा छुट
आइतबार, माघ २२, २०७९
माछापुच्छ्रे बैंकका ग्राहकले अब काठमाडौंमा रहेको फ्रन्टलाईन अस्पतालमा उपचार गराउदा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उपचारमा छुट पाउने भएका हुन् ।

सडकमा बसी सुन्तला बेचेरै दुई लाख आम्दानी
आइतबार, माघ २२, २०७९
गुल्मीकी पार्वता पाण्डेले सडक छेउमा बसी सुन्तला बेचेर दुई लाख आम्दानी गर्ने गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन् ।

एकमहिने स्वस्थानी व्रतको समापन गरिँदै
आइतबार, माघ २२, २०७९
यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवतरूपमा समापन हुन लागेको हो ।

क्यानविरुद्ध प्रदर्शन
आइतबार, माघ २२, २०७९
नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै प्रदर्शन भएको छ । नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको हो ।

उपप्राध्यापक खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित
आइतबार, माघ २२, २०७९
त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको छ । यस अघि विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको समालोचनात्मक कृति प्रकाशित गरिसकेकी खनालको अहिले सञ्जीवनी अनुसन्धान केन्द्र तानसेनबाट ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको हो । उक्त कथासंग्रहको पाल्पाका विशिष्ट साहित्यकार, प्राध्यापक तथा श्रष्टाहरुको उपस्थितीमा सार्वजनिक गरिएको छ ...

भारतीय नागरिकको हत्या
शनिबार, माघ २१, २०७९
गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।...