राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै
मंगलबार, फागुन १६, २०७९
मगर एकता दिवसको सार्थकता
मंगलबार, फागुन १६, २०७९
सोमबार देशैभर ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ । हरेक वर्षको फागुन १५ गतेलाई आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, साँस्कृतिक, सांगठनिक तथा राजनीतिक चार्डको रुपमा यो दिवस मनाउने गर्दछन् । ५२ प्रतिशत भन्दा बढी मगर समुदाय रहेको पाल्पामा पनि भव्य रुपमा यो दिवस मनाइएको छ । पाल्पा...
सुरु भयो होली पर्व, आठ वर्षपछि तानसेनमा ठड्याइयो चीर
मंगलबार, फागुन १६, २०७९
रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन पाल्पाको तानसेनस्थित टक्सारटोलमा विधिवत रुपमा चीर ठड्याइएको छ । गणेश मन्दिरको मूलद्धार अगाडि रंगीचंगी धजाले सिंगारिएको चीर आठ वर्षपछि गाडिएको हो ।
मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो
मंगलबार, फागुन १६, २०७९
गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ वर्षमा प्रवेश
मंगलबार, फागुन १६, २०७९
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ३८ औं वर्षमा प्रवेश गरेको छ । वित्तिय कारोबारलाई प्राविधिसँग जोड्दै अगाडि बढेको बैंक ३८ वर्षमा प्रवेश गरेको हो ।
पाल्पामा मगर दिवस हर्सोल्लासका साथ मनाइयो
सोमबार, फागुन १५, २०७९
,पाल्पा लगायत देशभर मगर समुदायले सोमबार हर्साेल्लासका साथ ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।
एमाले सरकारबाट बाहिरियो
सोमबार, फागुन १५, २०७९
नेकपा एमाले सरकारबाट बाहिरिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो । एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको थियो । सो निर्णय पछि सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका...
विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक
सोमबार, फागुन १५, २०७९
विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुव्र्यवहार गरेको उजुरी परेको थियो ।
रिहा भए पल शाह
सोमबार, फागुन १५, २०७९
कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका शाह कारागारमुक्त भएका हुन् ।
एमाले सरकारबाट बाहिरिदैं
सोमबार, फागुन १५, २०७९
नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो ।
भद्रगोल राजनीति
सोमबार, फागुन १५, २०७९
नेपाली राजनीति बुझिनसक्नु छ । मुलुकमा आवश्यकभन्दा धेरै राजनीतिक दल छन् । ति राजनीतिक दलको सिद्धान्त के हो ? भन्ने कुरा ठम्याउन सकिँदैन । राजनीतिक सिद्धान्त, निष्ठा वा आदर्शले कुनै पनि राजनीतिक दलमा काम गरेको देखिँदैन । दलहरू सत्ता र शक्ति केन्द्रीत भएका छन् । विशेष गरेर सत्तालाई भागबन्डा गर्ने...


