Shittalpati
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण

पाल्पा, लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका छन् । उनले कालीगण्डकी करिडोर अन्तर्गतको छेर्लुङ्ग– रानीमहल, कर्नेटा निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका गरेका हन् ।

शनिबार पूर्व मन्त्री रानासँगै नेपाली काँग्रेसका युवा नेता एवं गुल्मीका पार्टी सचिव जगदीश भट्टराई र डिभिजन वन कार्यालय पाल्पाका  दीपक पाण्डेले उक्त सडकको निरीक्षण गरेका हन् । निरीक्षणपछि सडक गुणस्तरीय र समयमै सक्न सम्बन्धित निकायलाई उनीहरुले आग्रह गरेका छन् । यहाँको सडक सुचारू भएपछि तानसेनको कैलाशनगरबाट रानीघाट, अर्गली, रिडी हुँदै गुल्मीका लागि वैकल्पिक र सहज मार्ग बन्ने छ ।

सडकको पाँच सय मिटर ट्रयाक खोलेपछि रानीघाटदेखि अर्गलीसम्म कालोपत्रे गर्ने कार्यले सार्थकता पाउने काँग्रेसका युवा नेता जगदीश भट्टराईले बताए । उनले भने ‘यो खण्ड सुचारु भएपछि गुल्मीबाट रानीमहल घुमेर तानसेन निस्किन सकिनेछ ।’

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update