Shittalpati
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना

पाल्पा, जिल्लाको रामपुरमा छुवाछूत कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा वडा नं.–४ देविस्थानमा सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले छुवाछूत कुरितीले समाजमा विभेद ल्याउने र समाजलाई विकराल अवस्थामा पुर्‍याउने भएकाले यसको अन्त्य हुनु पर्ने बताइनत् । उनले पछिल्लो समय छुवाछुतका घटना न्यूनीकरण हुँदै गए पनि उन्मूलन भने हुन नसक्नु दुखद् रहेको औँल्याइन् । समाजबाट छुवाछूत र कुरिती नहटेसम्म समाज परिवर्तन र विकसित भएको अनुभुति नहुँने भन्दै यसको उन्मूलन हुन आवश्यक रहेको उपप्रमुख थापाले बताइन् ।

रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिलबहादुर खाँणले शिक्षा र सचेतनाको कमीका कारण अझै पनि छुवाछुतका घटना हुँने भन्दै यसका लागि सबै एक भएर लाग्नु पर्ने बताए । विभिन्न जातिय विभेद र कुरितीले स्वंम व्यक्ति र समाजलाई नै पछाडी धकेल्ने भएकाले यसलाई हटाउने जिम्मेवारी सबैको भएको उनले उल्लेख गरे । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायादेवि नेपाली, नेपाली काँग्रेस महासमिति सदस्य विष्णु प्रसाद आचार्य, नेपाली काँग्रेस पाल्पाका जिल्ला सह–सचिव हमिद अलि मिया, नेपाली काँग्रेस पाल्पाका जिल्ला सदस्य बुद्धि प्रकाश रेग्मी, नेकपा एमाले पाल्पाका जिल्ला सदस्य सञ्जु परियार, वडा –१ का दलित महिला सदस्य जीवन माया नेपाली, नेपाली काँग्रेस रामपुर –४ का वडा सभापति थर्कबहादुर राना, लक्ष्मी आधारभुत विद्यालयका अध्यक्ष विमल श्रेष्ठ लगायतले समाजमा रहेको छुवाछूत र कुरितीको अन्त्यका लागि सबै प्रतिवद्धता भएर लाग्नुपर्ने बेला आएको बताए ।

कार्यक्रमको सहजिकरण सहजकर्ता अनिल खनालले गरेका थिए । वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षता, रामपुर नगरपालिका महिला विकास शाखा प्रमुख पुजा परियारको स्वागत, न्यायिक समिति सदस्य सचिव पार्वती परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update