Shittalpati
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।
पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
पाकापुस्ताकै भरमा ‘मारुनी नाच’ मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके । उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्छन् । पाल्पाको रामपुर नगरपालिका-२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थाएको बताउँछन् । गाउँमा...
आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदैं
आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदैं आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदैं छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ...
चार वर्षसम्म अलपत्र पुलको निर्माण सुरू
चार वर्षसम्म अलपत्र पुलको निर्माण सुरू गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरु गरिएको हो । मुसिकोट नगरपालिका–७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो ...
पाल्पाको बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते
पाल्पाको बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते पाल्पाको बगनासकाली गाउँपालिका– ८ बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन् । बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा ग्यास सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी हुन् ।
काँग्रेस लुम्बिनी प्रदेश सचेतकमा सांसद निमा गिरी नियुक्त
काँग्रेस लुम्बिनी प्रदेश सचेतकमा सांसद निमा गिरी नियुक्त नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा सांसद निमा गिरी नियुक्त भएकी छिन् । लुम्बिनी प्रदेश सभाको नेपाली काँग्रेस दलको तर्फबाट सांसद गिरीलाई कांग्रेसको सचेतक पदमा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नियुक्ती गरेका हुन् ।
विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो
विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र...
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
बैंक तथा फाइनान्सले घटाए ब्याजदर वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।
गुल्मीमा अनौठो बच्चाको जन्म
गुल्मीमा अनौठो बच्चाको जन्म गुल्मीमा अनौठो बच्चाको जन्म भएको छ । जिल्लाको इस्मा गाउँपालिका–३ दर्लामचौरको तोरीपाटामा एक अनौठो बालिकाको जन्म भएको हो ।
पाल्पाको जल्दोबल्दो समस्या समाधान मेरो प्राथामिकता : सिडिओ बास्तोला
पाल्पाको जल्दोबल्दो समस्या समाधान मेरो प्राथामिकता : सिडिओ बास्तोला नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका बन्धु प्रसाद बास्तोलाले पाल्पाको जल्दोबल्दो समस्या समाधान पहिलो प्राथमिकता रहेको बताएका छन् । बर्दियाबाट सरुवा भई आएका प्रजिअ बास्तोलाले जिल्लाका पत्रकारहसँगको भेटघाटमा यहाँ थुप्रै समस्याहरु रहेकाले तिनीहरुको समाधानका लागि आफ्नो मुख्य प्राथमिकता रहने बताएका हुन् ।
मकै र गहुँको सट्टा कफी खेती
मकै र गहुँको सट्टा कफी खेती अर्घाखाँचीको शितगंगा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् । कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् ।
लोक दोहोरी प्रतिष्ठान पाल्पाले पनि मनायो लोकदोहोरी दिवस
लोक दोहोरी प्रतिष्ठान पाल्पाले पनि मनायो लोकदोहोरी दिवस लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले देशभर प्रतिष्ठानको २२ औं स्थापना दिवस तथा लोकदोहोरी दिवस मनाएको छ । सोमबार प्रतिष्ठानका देशभरका शाखाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरी स्थापना तथा दोकदोहोरी दिवस मनाएका हुन् ।
Weather Update