Shittalpati
भीमा एकादशी, भिद्यो र भीमसेन
भीमा एकादशी, भिद्यो र भीमसेन प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ । यस वर्ष भीमा एकादशी यही माघ १८ गते र द्वादशी माघ १९ गते परेको छ । द्वादशीको दिन शितलपाटी भीमसेनको रथयात्रा हुनेछ । यो सन्दर्भ महाभारत कालदेखि नै महत्वको रुपमा लिइएको पाइन्छ ।
न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव
न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव तानसेनमा रहेको न्यू होराइजन बोर्डिङ स्कुलले ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले उद्घाटन गरेका हुन् ।
लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति
लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ ।
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरे ।
रामपुरमा औद्योगिक ग्राम निर्माण गरिदैं
रामपुरमा औद्योगिक ग्राम निर्माण गरिदैं पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम विस्तारै बढ्दो छ । पहाडी जिल्ला भएता पनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी करिडोरले सडक सुविधामा सहजता ल्याएको छ । त्यसकारण पनि यस क्षेत्रमा उद्योग, व्यवसाय स्थापित हुने क्रम दिनानुदिन बढ्न थालेको छ ।
जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास तालिम
जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास तालिम तानसेन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास बारे तालिम दिइएको छ । द एसिया फाउण्डेसनको सहयोगमा अपाङ्ग महासंघ नेपालले तालिम दिएको हो ।
आत्मनिर्भर लघुवित्तको साधारण शेयर निष्काशन
आत्मनिर्भर लघुवित्तको साधारण शेयर निष्काशन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरको निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको हो ।
राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन
राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमबारदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ ।
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी सरकारले सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गर्ने भएको छ । सो प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गर्ने तथा नेपालको संविधान र सूचनाको हकको प्रावधानअनुसार नै अगाडि बढाउने समझदारी भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ ।
पाल्पामा कुष्ठरोगी : विगत चार वर्षदेखि स्थिर !
पाल्पामा कुष्ठरोगी : विगत चार वर्षदेखि स्थिर ! पाल्पामा कुष्ठरोगीको संख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता मिल्न सकेको छैन । विगत चार वर्षदेखिको अवस्था हेर्ने हो भने जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।
आज सहिद दिवस विविध कार्यक्रम गरी मनाइदैं
आज सहिद दिवस विविध कार्यक्रम गरी मनाइदैं देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । सहिदप्रति सम्मान गर्दै दिवस मनाउन लागिएको हो ।
Weather Update