Shittalpati
पाल्पाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत फेला

पाल्पा, जिल्लाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका–८ कोहलका रनबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । आइतबार विहान खानेपानीको पाइप बनाउन भनि घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तहरुले खोज्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई मृत अवस्थामा देखेपछि आफ्न्तले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी चौकी बल्डेङगढी र जिल्लाबाट गएको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले घटनाको प्रारम्भीक अनुुसन्धान गर्दा माथिबाट ढुंगा खसी रेश्मीलाई लागी मृत्युु भएको हुुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार मृतकको शवलाई पोष्टमार्टको लागि प्रादेशीक अस्पताल बुुटवल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update