पशु बधशाला सञ्चालनको तयारी
मंगलबार, फागुन २, २०७९
सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण
मंगलबार, फागुन २, २०७९
रकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार सरकारले पुस मसान्तसम्म...
‘भ्यालेन्टाइन डे’ मा रानीमहल पुग्ने जोडीलाई सत्कार गर्दै तानसेन नगर सरकार
सोमबार, फागुन १, २०७९
प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगर सरकारले भव्य स्वागत गर्दैछ । तानसेन नगर सरकारले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहित जोडीहरुलाई सम्मान तथा स्वागत गर्न लागेको हो ।
पाल्पाली संगम काठमाडौंमा नयाँ नेतृत्व
सोमबार, फागुन १, २०७९
पाल्पाली संगम काठमाडौंमा नयाँ नेतृत्व आएको छ । संगमको काठमाडौंमा भएको साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । संगमका निवर्तमान महासचिव विष्णु बहादुर खत्रीको अध्यक्षतामा २३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको संगमले जनाएको छ ।
तानसेनमा मगर एकता दिवसमा सार्वजनिक विदा
सोमबार, फागुन १, २०७९
राष्ट्रिय मगर एकता दिवसका दिन जिल्लाको तानसेनमा सार्वजनिक विदा हुने भएको छ । तानसेन नगरपालिकाले फागुन १५ गते पर्ने मगर एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति निर्वाचनले उब्जिएका प्रश्न
सोमबार, फागुन १, २०७९
सरकार निर्माणको क्रममा नेकपा एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भएको थियो तर ओलीको छानबिन र स्वाभावबाट राम्रोसँग परिचित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर पुर्व सहमतिबाट पछाडी हटेको अवस्था छ । दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चयन गर्ने प्रतिक्रिया दिएपछि नेकपा एमाले यतिखेर दाहालसँग त्रसिएको छ ।
बेथल बोर्डिङले मनायो २६ औं वार्षिकोत्सव
सोमबार, फागुन १, २०७९
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
लामो कसरतपछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता
सोमबार, फागुन १, २०७९
सरकार गठन भएको एक महिनाको लामो कसरतपछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेशमा सत्ता गठबन्धनमा भागबण्डाको टुँगो लागेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन् ।
आज विश्व रेडियो दिवस मनाइदैं
सोमबार, फागुन १, २०७९
विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा ‘रेडियो र शान्ति’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
बजेटको आकार घट्यो
सोमबार, फागुन १, २०७९
चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाइएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाइएको बताएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेटको अर्धवार्षिक मूल्यांकन गरिएको हो । सो अघि संघीय संसदलाई जानकारी...
आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो
आइतबार, माघ २९, २०७९
कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएका १८ वर्षीय नामु भारती र १६ वर्षीय टीका गिरीका विषयमा संसद्मा कुरा उठेको छ । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का सांसद् डा. चन्द्र भण्डारीले प्रतिनिधिसभाको आइतबारको बैठकमा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने
आइतबार, माघ २९, २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा चितवन–२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
सोमबार देशभर सार्वजनिक बिदा
आइतबार, माघ २९, २०७९
सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको जनाइएको छ ।


