Shittalpati
पाल्पाको माथागढीमा आफ्नै घरमा युवक मृत फेला

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका–३ खिरैलिधारामा आफ्नै घरमा सुुतेको अवस्थामा एक युवक मृत फेला परेका छन् । विहीबार राती खिरौलिधाराका मोहन सिं थापाका २९ वर्षीय छोरा ज्ञानबहादुर थापा सुत्ने कोठामा मृत फेला परेका हुन् ।

उनको शवलाई अहिले पोष्टमार्टका लागि जिल्ला अस्पताल तानसेन ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update