Shittalpati
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

लुम्बिनी, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–१० होराइजन चोकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु७२प ७३९२ नम्वरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको लु १ क ५३५ नम्वरको बसमा ठोक्किएर अनियन्त्रित भई भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु १७ प ३७६२ र लु ६ प ६०२ नम्वरको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा लु ७२ प ७३९२ नम्वरको मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–४ का २० वर्षीय युवक आविष्कार टण्डनको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै लु १७ प ३७६२ नंको मोटरसाइकलका चालक तिलोत्तमा–७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडी सवार ७० वर्षीया ऐश्वर्यादेवी थापा घाइते भएका छन् । घाइते दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । –रासस

 

 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update