सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
सोमबार, माघ १६, २०७९

रास्वपाको सभापतिमा फेरि रवि लामिछाने
आइतबार, माघ १५, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी केन्द्रीय समितिको बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।

गुल्मीमा आफ्नै घरभित्र महिलाको शव
आइतबार, माघ १५, २०७९
गुल्मीमा आफ्नै घरभित्र महिलाको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको घरभित्रै शव भेटिएको हो । ५७ वर्षीय गंगादेवी शेरचनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रवि लामिछानेले लिए पुनः नागरिकता
आइतबार, माघ १५, २०७९
रवि लामिछानेले नेपाली नागरिकता पुनः लिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका छन् ।

पाल्पामा १२ जना कुुष्ठरोगी
आइतबार, माघ १५, २०७९
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन ।

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला
आइतबार, माघ १५, २०७९
विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् । तर गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको यस वर्षको माघी मेलामा फरक...

यम्घामा तीन दिने उद्घोषण तालिम
आइतबार, माघ १५, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका –६ यम्घामा तीन दिने उद्घोषण तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग र वडास्तरी दलित सञ्जालको आयोजनामा दलित समुदायका युवा, युवतीहरुका लागि उद्घोषण तालिम दिइएको हो । महिला तथा युवा युवतीहरुमा बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले तीन दिने तालिम सञ्चालन गरिएको वडा दलित...

आज विश्व कुष्ठरोग दिवस मनाइदैं
आइतबार, माघ १५, २०७९
आज ७० औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोग विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।

‘पर्यटन र कृषिबाट तानसेनलाई नमूूना बनाउँछौं’
आइतबार, माघ १५, २०७९
पश्चिम नेपालको एक मात्र ऐतिहासिक सहरको रुपमा तानसेन परिचित छ । यहाँ ऐतिहासिक दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर, शित्तलपाटी (गोलो घर), यहाँका लोकप्रिय पर्यटकीय स्थलहरू हुन् भने ढाका र करुवा यहाँका मुख्य चिनारी हुन् ।

पाल्पाको रिब्दीकोटमा शौचालय गएकी महिलाको मृत्यु
शनिबार, माघ १४, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिकामा शौचालयमा अचेत अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ । शनिबार शौचालय गएकी रिब्दीकोट गाउँपालिकाकी –६ वाङसुनकी ५२ वर्षीया विष्णु बगाले अचेत अवस्थामा फेला परेकी थिइन् ।

एसईईको समय तालिका सार्वजनिक
शनिबार, माघ १४, २०७९
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो । बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
शनिबार, माघ १४, २०७९
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

‘प्रधानमन्त्रीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई राष्ट्रिय सहमति जुटाउने प्रयास गर्दै हुनुहुन्छ’
शनिबार, माघ १४, २०७९
नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सात राजनीतिक दलबिच भएको सहमतिकै आधारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई नै साझा उम्मेदवार बनाउने प्रयासमा जुटेको बताएका छन् ।