Shittalpati
स्ववियुको अबको दायित्व

विद्यार्थीको शैक्षिक हक, अधिकार र अवसरका लागि संस्थागत रूपमा बोल्ने निकाय भनेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हो । करिब १४ वर्षदेखि अधिकांश क्याम्पसमा निष्क्रिय रहेको स्ववियु पुनः ब्युँतिएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु चुनाव गराएर विद्यार्थीहरुमा एक किसिमको उर्जा थप्ने काम गरेको छ । विद्यार्थी र विश्वविद्यालयको पुलको रुपमा स्थापित स्ववियु ‘रिभाइभ’ भएपछि एक किसिमको विद्यार्थीमा उत्साह छाएको छ । अहिलेको अवस्थामा विद्यार्थीको प्रतिनिधि भनेकै स्ववियु हो । शिक्षाको वर्तमान अवस्थाबाट माथि उकास्न पनि विद्यार्थीले नै महत्वपूर्ण भूमिका खेल्ने हो । विद्यार्थीको आवाज बोल्ने विद्यार्थीले नै हो । गुणस्तरीय शिक्षाको खाँचो छ । त्यसैले संगठित भएर सम्बन्धित निकायलाई झक्झक्याउने काममा स्ववियुु लाग्नुु अहिले आवश्यकता हो ।

स्ववियुुले विगतका कमजोरीलाई सच्याएर सार्थक प्रयत्न थाल्न अब ढिलाई गर्नु हुुन्न । मुच्र्छाएको विद्यार्थी आन्दोलनलाई पुनर्जागरण गराउने इमान्दार प्रयासमा स्ववियुु अग्रस हुुनै पर्छ । यो उसको दायित्व पनि हो । विद्यार्थी संगठनले उठाउनुपर्ने मुद्दाहरु धेरै छन् । सबैभन्दा प्रमुख मुद्दा शिक्षा क्षेत्रमा हाबी भएको निजीकरण र कमजोर सरकारी विद्यालयको अवस्था सुधारमा केन्द्रित हुन आवश्यक छ । वर्गको आधारमा शिक्षाको गुणस्तर छुट्टिने अवस्था तत्काल अन्त्य नहुने हो भने समाज अर्को विभेदको खाडलमा फस्ने निश्चित देखिन्छ । त्यसैले पैसा हुनेले निजीमा राम्रो शिक्षा लिँदा गरिब सरकारीमा ‘कमसल’ शिक्षा लिन बाध्य हुनुपर्ने अवस्था अन्त्यको लागि सार्वजनिक शिक्षा सुधारका मुद्दा विद्यार्थी संगठनले बोक्न आवश्यक छ । विश्वविद्यालयमा हुने शैक्षिक गतिविधिलाई पनि प्रभावकारी बनाउनुु अहिलेको अहम दायित्व हो । विश्वविद्यालयमा हुने निर्वाचन केवल आपूmलाई मन पर्ने नेता छान्नका लागि मात्रै हैन समग्र विश्वविद्यालय सुधारका लागि अभियान पनि हो । यस अर्थमा नवनिर्वाचित स्ववियु पदाधिकारीले विश्वविद्यालयमा देखिँदै आएको बेथिति अन्त्यका लागि पनि पहल गर्न थाल्न आनाकानी गर्नु हुुन्न । कुनै पनि विश्वविद्यालय प्रशासन जतिसुकै कमजोर किन नहोस् यति विद्यार्थी संगठन बलियो छ र सशक्त भूमिका निर्वाह ग¥यो भने विश्वविद्यालय सुधार हुन्छ । निकम्मा सावित भएका शिक्षालय विद्यार्थी आन्दोलनकै कारण सुद्रिएका उदाहरण धेरै छन् । तर, पछिल्ला केही वर्षयता विद्यार्थी संगठन स्वयं बरालिएको हो कि भनेर टीकाटिप्पणी नभएको होइन । विश्वविद्यालय सुधारमा केन्द्रित हुनुपर्ने विद्यार्थी नेता आपूm निकट राजनीतिक दलको प्रभावमा परेर जाहेज विषयमा पनि मौन बसेका अभियोग पनि लाग्ने गरेको छ । हो, कुनै पनि विद्यार्थी राजनीतिक विचारबाट मुक्त हुँदैन । कुनै न कुनै दलसँग उसको आबद्धता हुन्छ नै तर, दलसँग आवद्धता हुँदैमा बोल्नुपर्ने विषयमा बोल्न सकेन भने उसको क्षमतामाथि प्रश्न गर्नेहरूलाई बल पुग्छ । तसर्थ नवनिर्वाचित स्ववियु पदाधिकारीले यसतर्फ गम्भीर भएर आफ्नो दायित्वमा इमान्दारपूर्व लाग्नुु नै अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update