Shittalpati
लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरूले दिए राजीनामा

पाल्पा, लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

माओवादीका मन्त्रीहरुले राजीनामा दिइ सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

सरकारबाट बाहिरिएलगत्तै माओवादीलगायत नेकपा एकीकृत समाजवादी,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । माओवादीबाट मन्त्री बनेका तीनैजनाले आइतबार मुख्यमन्त्री गिरीसमक्ष राजीनामा बुझाएका थिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री बनेका थिए ।
काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई आइतबार नै निवेदन दिने काँग्रेससहितका दलहरूको तयारी छ । .गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । माघ ५ मा विश्वासको मत लिएका गिरीलाई ५८ जनाले सांसदले विश्वासको मत दिएका थिए ।

 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update