Shittalpati
पाल्पामा ‘सन्तोष चलचित्र मन्दिर’को पुनरागमन
पाल्पामा ‘सन्तोष चलचित्र मन्दिर’को पुनरागमन एकदशक अघिसम्म पाल्पाको एक मात्र सन्तोष चलचित्र मन्दिर परिसरमा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो । टिकट काट्न लाइनमा बसेकाहरू आपसमा धकालाधकल गर्थे । फिल्म हेर्न नपाएर आक्रोशित भीड नियन्त्रण गर्न हल सञ्चालकलाई हम्मे हम्मे हुथ्यो । हलभित्र उभिएरै सिनेमा हेर्ने पनि कम हुँदैनथे । तर २०७२ सालतिरबाट भने दर्शकहरू क्रमशः घट्दै...
रामपुरका वडामा डिजिटल नागरिक वडापत्र
रामपुरका वडामा डिजिटल नागरिक वडापत्र जिल्लाको रामपुर नगरपालिकाको कार्यलय सहित वडा कार्यालयहरुमा डिजिटल नागरिक वडापत्र राखिएको छ । नगर र कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र राखिएको हो ।
डकर्मीको भर, भूकम्प प्रतिरोधी घर
डकर्मीको भर, भूकम्प प्रतिरोधी घर स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो ।
आज श्रीपञ्चमी, देशभर मनाइदैं
आज श्रीपञ्चमी, देशभर मनाइदैं प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।
गुल्मी नेल्टाको अध्यक्षमा श्रीस
गुल्मी नेल्टाको अध्यक्षमा श्रीस नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) गुल्मीको अध्यक्षमा डोर बिक्रम श्रीस सर्वसम्मत विर्वाचित भएका छन् । संघको तम्घासमा भएको पाँचौ अधिवेशनले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीसलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
सरस्वती माता र वसन्त पञ्चमी
सरस्वती माता र वसन्त पञ्चमी जाडोको मौसम छ तै पनि विहानदेखि नै भगवती मन्दिरमा रहेको सरस्वती मन्दिर तथा टँुडिखेल तल अमरगञ्ज जाने बाटोमा रहेको सरस्वती मन्दिरमा स्कूले विद्यार्थीहरु तथा उनका अभिभावकहरुको भीड लागेको छ । आज श्रीपञ्चमी । तानसेन बजार भित्र दुईवटा सरस्वती मन्दिरहरु रहेका छन् । आजको दिन सरस्वती मातालाई पुजाआजा गर्दा सरस्वती माता...
पाल्पामा टिपर दुर्घटना : चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना : चालकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका– ५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्वरको टिपर गए राती ११ः५० बजे दुर्घटना भएको हो ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।
पाल्पाको ‘सन्तोष चलचित्र मन्दिर’ पुनः सञ्चालनमा
पाल्पाको ‘सन्तोष चलचित्र मन्दिर’ पुनः सञ्चालनमा पाल्पाको तानसेनमा तीन वर्षयता बन्द रहेको सन्तोष चलचित्र मन्दिर पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द रहेको हल आजदेखि सञ्चालनमा आएको हो ।
सुष्मालाई बक्सिङमा रजत पदक
सुष्मालाई बक्सिङमा रजत पदक नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् ।
छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने
छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।
आयातसँगै घट्यो निर्यात
आयातसँगै घट्यो निर्यात चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।
Weather Update