आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल
मंगलबार, फागुन २३, २०७९
अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता
मंगलबार, फागुन २३, २०७९
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।
लोपोन्मुख हुँदै होलीको जोगिरा
मंगलबार, फागुन २३, २०७९
नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ ।
रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल
सोमबार, फागुन २२, २०७९
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।
सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि
सोमबार, फागुन २२, २०७९
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन रङहरुको होली पर्व मनाइन्छ । आज र भोलि हर्षोल्लासका साथ यो पर्व मनाइदैंछ । पहाडमा आज होली मनाइने भएपनि तराईका जिल्लाहरुमा भने भोलि मंगलबार भव्यताका साथ मनाइन्छ । यो पर्वले हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर...
रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर
आइतबार, फागुन २१, २०७९
जिल्लाको रेसुङ्गा नगर सरकारले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरभित्रै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले नगर सरकारले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने
आइतबार, फागुन २१, २०७९
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
टिकटकमा बढ्यो ‘पाइरेसी’
आइतबार, फागुन २१, २०७९
गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ ।
अमरनारायण मन्दिरको जीर्णाेद्धारमा लापरवाही, सरोकारवाला निकाय मौन
आइतबार, फागुन २१, २०७९
झण्डै २ सय १६ वर्षअघि अमरसिंह थापाले काठमाडौंका नेवार कालिगड झिकाएर पाल्पाको तानसेनमा बनाएको ऐतिहासिक कलात्मक अमरनारायण मन्दिरको जीर्णोद्धारमा लापरवाही भएको छ । तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको पुरातात्तिवक महत्वको मन्दिरको मर्मत सम्भारमा अहिले लापरवाही भएको हो ।
राष्ट्रपति निर्वाचन : भोट माग्नमै व्यस्त उम्मेदवार
आइतबार, फागुन २१, २०७९
राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरु भोग माग्नमै व्यस्त छन् । यही फागुन २५ गते हुन लागेको निर्वाचनका लागि राष्ट्रपतिका उम्मेदवारी दिएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले आ–आफ्नो पक्षमा मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।
आजदेखि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा खुल्ने
आइतबार, फागुन २१, २०७९
दैनिक चार घण्टा बन्द हुदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि भने पूर्ण रुपमा खुल्ने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । पुस ५ गतेदेखि महिना दिनका लागि भनेर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो...


