Shittalpati
लुम्बिनी प्रदेशको समृद्धिमा योजना र कार्यक्रम : मुख्य मन्त्री गिरी

बुटवल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको समृद्धका लागि योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको दिगो विकास लक्ष्य प्राप्तिका लागि श्रोत ब्यवस्थापन सम्बन्धि प्रदेश सभा सदस्यहरुको भुमिका विषयक अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लुम्बिनी प्रदेशका समृद्धिका आधारहरु तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको उल्लेख गर्दै राजनीतिक स्थायीत्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताए । मुख्यमन्त्री गिरीले प्रदेश सरकारले दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजनाबद्ध कार्यक्रम बनाइरहेको समेत बताए । कार्यक्रममा प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरले दिगो विकास लक्ष्य पुरा गर्नका लागि सबैको भूमिका आवश्यक रहने र प्रदेशको पनि लक्ष्य निर्धारण गरी काम गरिने बताए । उनले दिगो विकास लक्ष्य अनुरुप प्रदेशको कानुन निर्माण गर्नु पर्ने भन्दै त्यसको लागि सोही अनुसारको पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

नेपाली काँग्रेस संसदीय दलका नेता दिल्ली चौधरीले नेपालको लागि सहयोग गर्ने दातृ निकायले जनतामुखी भएर योजना बनाउन नसकेको बताउदै मुख्य लाभान्वित बर्गसम्म कार्यक्रम लैजान सुझाव दिए । युनडिपिका आर्थिक सल्लाहकार धर्म स्वर्णकारले दिगो विकास लक्ष्य अनुसार काम गर्न नीतिनिर्माताको महत्वपूर्ण भुमिका रहने बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, अर्थविज्ञ डा. स्वर्णीम वाग्ले लगायतले अभिमुखिकरणमा सहजीकरण गरे । लुम्बिनी प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुबेदीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update