Shittalpati
स्ववियु निर्वाचन :  पाल्पाको त्रिविमा विद्यार्थी संगठन दर्ता
स्ववियु निर्वाचन : पाल्पाको त्रिविमा विद्यार्थी संगठन दर्ता केन्द्रमा राष्ट्रपति निर्वाचनको चटारो परेको बेला जिल्ला जिल्लामा भने स्वयवियु निर्वाचनको चटारो बढेको छ । आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि पाल्पामा विद्यार्थीहरुको चहलपहल बढेको छ । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि ८ विद्यार्थी संघ संगठनले संस्था दर्ता गराएका छन् ।
कांग्रेस सहमतिबाट पछि हट्दैन :  गगन थापा
कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे ।
दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना
दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना सरकारले निर्माण सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ ।
‘शान्ति सुरक्षा मजबुतदेखि नागरिकको गुनासो सम्बोधनसम्म’
‘शान्ति सुरक्षा मजबुतदेखि नागरिकको गुनासो सम्बोधनसम्म’ १७ महिना अघि पाल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर पाल्पा आएका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पहिलो पटक ३ कार्तिक २०७८ मा पाल्पाका पत्रकारहरुसँग कुरा गर्दै जिल्लामा शान्ति सुरक्षा मजबूत बनाउने र शुसासन कायम गर्छु भन्दै प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसको ठिक १७ महिना पछि उनको पाल्पा जिल्ला प्रशासन...
आज विश्व वन्यजन्तु दिवस
आज विश्व वन्यजन्तु दिवस आज विश्व वन्यजन्तु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ३ मा विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी’ भन्ने रहेको छ । यो दिवस सन् १९७३ देखि मनाउन थालिएको हो ।
नेपाल यू–१९ विश्वकपमा छनोट
नेपाल यू–१९ विश्वकपमा छनोट नेपालले आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।
पाल्पा व्यापार संघको शपथ तथा पद हस्तान्तरण
पाल्पा व्यापार संघको शपथ तथा पद हस्तान्तरण पाल्पा व्यापार संघको तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको शपथ तथा पदस्थापन कार्यक्रम गरी जिम्मेवारी हस्तानतरण गरिएको छ । गएको पुस ३० गते तेस्रो अधिवेशनबाट निर्वाचित संघको बामदेव बस्यालको नयाँ कार्यसमितिलाई चिरञ्जिवी पोखरेलको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले जिम्मेवारी हस्तानतरण गरेको हो ।
१७ महिनापछि पाल्पाका प्रजिअ पन्तको गृहमन्त्रालयमा सरुवा
१७ महिनापछि पाल्पाका प्रजिअ पन्तको गृहमन्त्रालयमा सरुवा १७ महिनाको अवधिमा पाल्पामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर जगन्नाथ पन्तले जिल्लामा केही नमुना योग्य काम गरेको पाल्पाका राजनीतिक दल, पत्रकार, विभिन्न संघ संस्थाले बताएका छन् । १७ महिनाको बसाई पछी गृहमन्त्रालय सरुवा भएका पन्तले स्थानीयतह, प्रदेश र संघको निर्वाचन विवाद रहित तरीकाले सम्पन्न गरेको, जिल्लामा शान्ति सुरक्षा कायम गरेकोमा...
रामपुरमा प्रधानमन्त्री रोजगार सम्बन्धी अभिमुखिकरण
रामपुरमा प्रधानमन्त्री रोजगार सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुर नगरपालिकामा रामपुर प्रधानमन्त्री रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगर सरकारको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
रैनादेवी छहरा सरकारको बजेट खर्च ३६ प्रतिशत
रैनादेवी छहरा सरकारको बजेट खर्च ३६ प्रतिशत रैनादेवी छहरा गाउँ सरकारको चालु आर्थिक वर्षको ७ महिनामा ३६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । माघ मसान्तसम्म गाउँ सरकारको कुल विनियोजित बजेटको ३६ प्रतिशत मात्रै बजेट खर्च भएको हो । चालु आर्थिक वर्षमा ६८ करोड ९ लाख २५ हजार विनियोजन गरेकोमा गाउँ सरकारले बितेको सात महिनासम्म मुस्किलले कुल...
आरनका आधुनिक साधन वितरण
आरनका आधुनिक साधन वितरण बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो ।
Weather Update