Shittalpati
सहिद बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी

पाल्पा, आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहिद बहुमुखी क्याम्पस रामपुरमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।

नेविसंघका ल्याकत अलीको नेतृत्वमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको हो । एमाले निकट अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अली विजयी भएका हुन् । सभापतिमा निर्वाचित अलीले ३ सय २४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अखिलका ढकालले २ सय ९२ मत पाए । सचिवमा नेवि संघका रमेश पोखरेलले ३ सय ४६ मत प्राप्त गर्दा अखिलकी रमा श्रेष्ठले २ सय ६५ मत पाइन् ।

कोषाध्यक्षमा संयुक्त प्यानलका तिलक सारु विजयी भएका छन् । उनले ३ सय ३१ मत ल्याए भने प्रतिस्पर्धी अखिलकी दुर्गा विकले २ सय ७७ मत प्राप्त गरिन् । प्रत्यक्षतर्फ सबै पदमा नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल विजयी भएको निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेले बताए । सदस्यहरुमा कसम मल्ल ठकुरी, कविता राना, जयन्ती दर्जी, अस्मिता खनालर महेश राक्से निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)ले संगठन दर्ता गराएका थिए । समानुपातिकतर्फ नेपाल बिद्यार्थी संघले ३ सय २१, अनेरास्ववियुले २ सय ७६ र अनेरास्ववियु (क्रान्तिकारी ) ले ५१ मत प्राप्त गरेका छन् । उपसभापति, सहसचिवसहित ५० प्रतिशत पदाधिकारी समानुपातिक मतको आधारमा चयन हुनेछ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update