Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियु

पाल्पा, तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ । नेपाल विद्यार्थी संघका कृष्ण अर्यालको अध्यक्षमा सर्वपक्षीय स्ववियु गठन भएको हो ।

आइतबार राति मात्र सर्वपक्षीय रुपमा स्ववियु गठन भएको निर्वाचन अधिकृत जीवनबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भागबण्डा अनुसार उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका अमृत भट्टराई, सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का ताराबहादुर रायमाझी,सहसचिवमा नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुबाट उमेश भण्डारी, कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुका सन्तोष पोखरेल चयन भएका छन् ।

सदस्यमा एमाले निकट अनेरास्ववियुबाट इन्दु गाहा र सुदर्शन पाण्डेय, नेविसंघबाट मिस्मा राना र सुशील बस्याल चयन भएका छन् । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीबाट भीम लुंगेली, सृष्टि रास्कोटी मगर, मिलन सारु, सुजिता राना, विज्ञान दुधराज, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट उज्जवल भट्टराई र तुषार कालिकोटा चयन भएका छन् । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौबाट अंशु भट्टराई, राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विशाल विष्ट, असंलग्न विद्यार्थी युनियनबाट प्रवेश अर्याल सदस्यमा चयन भएका छन् ।

यहाँ मनोनयनका दिन फागुन २७ गते एमाले निकट अनेरास्ववियुले निर्वाचन अधिकृत कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचनका कार्यक्रम अघि बढ्न सकेको थिएन । अहिले सहमतिमा पछि ताला खुलेको छ । 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update