Shittalpati
पाल्पाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाल्पा, जिल्लाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । यहाँको रिब्दीकोट गाउँपालिका –२ मसारस्थित हार्थोक –सर्देवा भित्री कच्ची सडक खण्डमा टिपरले ठक्कर दिदां पैदलयात्री मसारका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्युु भएको हो ।

आइतबार विहान सिद्धेश्वर खानीबाट चुनढुुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लुु २ ख २४४६ नम्वरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको थियो । बाटोमा हिडिरहेका उनलाई टिपरले ठक्कर दिदाँ घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । टिपर र टिपर चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update