चिकित्सकहरुको आन्दोलन स्थगित
आइतबार, माघ २९, २०७९
शान्ति सुरक्षामा कमी आउन दिन्न : प्रहरी उपरीक्षक शर्मा
आइतबार, माघ २९, २०७९
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक हेरम्व शर्माले जिल्लाको शान्ति सुरक्षाका कुुनै पनि कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पामा सरुवा भई आएका शर्माले जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै शान्ति सुरक्षा मजबूद बनाउने बताएका हुन् ।
तानसेनको असनमा नेवारी भोज आयोजना हुने
आइतबार, माघ २९, २०७९
जिल्लाको तानसेन नगरपालिका–३ असनटोलमा नेवारी भोजको आयोजना हुने भएको छ । नेवार समुदायका खानाका परिकारलाई प्रचार–प्रसार गर्ने सोंचका साथ असनटोल विकास संस्थाको आयोजनामा फाल्गुन ५ गते नेवारी भोज अर्थात् नेवाःध्वेय, आयोजना हुने भएको हो ।
भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी
आइतबार, माघ २९, २०७९
लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको बाटो खुलेको छ । आइसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ । आइसीपी निर्माणको लागि संघीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ । यही माघ २२ गते संघीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद...
आइतबार देशभरका अस्पतालको सेवा बन्द हुने
शनिबार, माघ २८, २०७९
आइतबार देशभरका अस्पतालहरुको आकस्मिकबाहेकका सेवा बन्द रहने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु
शनिबार, माघ २८, २०७९
गुल्मी र अर्घाखाँचीका छट्टाछट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुुई जनाको मृत्युु भएको छ । अर्घाखाँचीको पाणिनी र गुल्मीको धुर्कोटमा भएको ट्याक्टर दुर्घटनामा दुुई जनाको मृत्यु भएको हो ।
बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
शनिबार, माघ २८, २०७९
बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरेर यस्तो व्यवस्था ल्याउनुपर्ने प्रस्ताव...


