कांग्रेस नेता डा.भण्डारीको स्वास्थ्यमा सुधार
शनिबार, फागुन १३, २०७९
वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
शनिबार, फागुन १३, २०७९
नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।
मान्छे
शनिबार, फागुन १३, २०७९
नलेखिएको कहानिहो मान्छे
कठपुतली जस्तैनाच्नु पर्ने मान्छे
जिवनको रङ्गमंचमा
छिन् छिन् बदलिन्छ मान्छे
बजेट अभावको चपेटामा खेलकुद
शनिबार, फागुन १३, २०७९
गुल्मीको सदरमुकाम तम्घासमा बिहीबारदेखि राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता जारी छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ । यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् । जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन् ।
अमर रहून् पुष्कर
शनिबार, फागुन १३, २०७९
पाल्पा तानसेन निवासीः पाल्पा साहित्य समाज, शीत काव्य समाज नेपाल लगायतका साहित्यिक संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली साहित्यको कविता काव्य विद्यामा उपविद्या “शीत” को परिकल्पनाकार, साहित्य सर्जक पुष्कर अथक रेग्मीका रगतका थोपा थोपामा र शरीरको रौँ रौँ मा पनि काव्यका कणकण सल्बलाएका रहेछन् । करिब दुई दर्जनकै हाराहारीमा कृति...
रम्भा गाउँ सरकारको सार्वजनिक सुनुवाई
शनिबार, फागुन १३, २०७९
जिल्लाको रम्भा गाउँ सरकारले सार्वजनिक सुनुवाई गरेको छ । उसले सहयात्रा विकास केन्द्र नेपालको सहजीकरणमा आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको कार्यक्रम, योजना र सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।
गौशाला चलाउन महायज्ञबाट ८४ लाख संकलन
शनिबार, फागुन १३, २०७९
गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक संकलन गरिएको छ । वालिङ–८ काफलडाँडामा हालै सञ्चालनमा आएको गौशालालाई थप व्यवस्थित गर्दै गाईको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट झण्डै ८४ लाख संकलन गरिएको छ । आधुनिकतासँगै गाईपालनतर्फ रुचि हराउँदै गएकाले गौमाताको संरक्षण गर्ने मुख्य उद्देश्यसहित धुनी शिवालय फूलबारी गुठी...
समीकरण जोसँग भए पनि माओवादीकै नेतृत्वमा सरकार रहन्छ : नारायणकाजी श्रेष्ठ
शुक्रबार, फागुन १२, २०७९
नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक पूूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनमा समीकरण परिवर्तन भए पनि सरकार माओवादीको नेतृत्वमै रहिरहने बताएका छन् । शुक्रबार पार्टीको दुई महिने बैचारिक राजनीतिक तथा सांगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै उनले राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस वा एमाले जो सुकैको समीकरणमा माओवादीले समर्थन...
‘कृष्ण’ उपन्यासका लेखक गैरे पुरस्कृत
शुक्रबार, फागुन १२, २०७९
‘कृष्ण’ उपन्यासका लेखक तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत डा.शंकरप्रसाद गैरे रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् । रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठी बाग्लुङले एक भव्य समारोहकाबीच बागलुङमा रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट लेखक गैरेलाई पुरस्कृत गरेको हो ।
स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ
शुक्रबार, फागुन १२, २०७९
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ ।
बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने
शुक्रबार, फागुन १२, २०७९
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति लिएको छ ।
सरकारले आकस्मिकरुपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने
शुक्रबार, फागुन १२, २०७९
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो ।
गुल्मीमा औद्योगिक ग्राम : कतै काम, कतै अलमल
शुक्रबार, फागुन १२, २०७९
संघीय सरकार र प्रदेश सरकारको नीतिअनुसार ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लागू गर्ने भनिए पनि स्थानीय तहले त्यसको मापदण्ड पूरा गर्न मुश्कील परेको छ । जिल्लामा कतिपय स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्न काम सुरु गरिसकेको अवस्था छ भने कतिपय पालिका जग्गा प्राप्तिको मापदण्डको अभावमा अलमलमा छन् ।


