पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास
बुधबार, माघ १८, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग
बुधबार, माघ १८, २०७९
निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले आयोगसमक्ष उजुरी दिएका हुन् ।
डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी
बुधबार, माघ १८, २०७९
गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेका हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो ।
स्वास्थ्य केन्द्र निर्माण
बुधबार, माघ १८, २०७९
बुटवल उपमहानगरपालिकाभित्र ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न दुईवटा भवन निर्माण थालिएको छ । वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६–१६ शय्याका अक्सिजन सुविधासहित स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो ।
उपेक्षामा सच्चा सहिद !
बुधबार, माघ १८, २०७९
हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आयो र गयो पनि । माघ १० देखि १६ गतेसम्म सहिदलाई सम्झने परम्परालाई यसपटक पनि निरन्तरता दिँदै सोमबार सहिद दिवस मनाइयो । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई/चार सपूत मरेर नगए !’ तर, आजको अवस्था उनले भनेजस्तो...
गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय
बुधबार, माघ १८, २०७९
घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै बर्सेनि परालको गुन्द्री बुन्दै आएका छन् । खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन...
शीत काव्यका लागि पुरस्कार स्थापना
बुधबार, माघ १८, २०७९
पाल्पाको साहित्यिक फाँटमा जन्म लिएको शीत काव्यका लागि पुरस्कार स्थापना गरिएको छ । समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिएका छन् ।
भीमा एकादशी, भिद्यो र भीमसेन
बुधबार, माघ १८, २०७९
प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ । यस वर्ष भीमा एकादशी यही माघ १८ गते र द्वादशी माघ १९ गते परेको छ । द्वादशीको दिन शितलपाटी भीमसेनको रथयात्रा हुनेछ । यो सन्दर्भ महाभारत कालदेखि नै महत्वको रुपमा लिइएको पाइन्छ ।
न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव
मंगलबार, माघ १७, २०७९
तानसेनमा रहेको न्यू होराइजन बोर्डिङ स्कुलले ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले उद्घाटन गरेका हुन् ।
लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति
मंगलबार, माघ १७, २०७९
महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ ।
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह
मंगलबार, माघ १७, २०७९
परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरे ।
रामपुरमा औद्योगिक ग्राम निर्माण गरिदैं
मंगलबार, माघ १७, २०७९
पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम विस्तारै बढ्दो छ । पहाडी जिल्ला भएता पनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी करिडोरले सडक सुविधामा सहजता ल्याएको छ । त्यसकारण पनि यस क्षेत्रमा उद्योग, व्यवसाय स्थापित हुने क्रम दिनानुदिन बढ्न थालेको छ ।
जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास तालिम
मंगलबार, माघ १७, २०७९
तानसेन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकास बारे तालिम दिइएको छ । द एसिया फाउण्डेसनको सहयोगमा अपाङ्ग महासंघ नेपालले तालिम दिएको हो ।


