Shittalpati
लुम्बिनीको उपसभामुखमा केसी
लुम्बिनीको उपसभामुखमा केसी लुम्बिनी प्रदेशसभाको उपसभामुखमा मेनुका खाँड केसी निर्विरोध निर्वाचित भएकी छन् । अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित केसी उपप्रमुख बनेकी हुन् ।
मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ
मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार एक उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्य मन्त्री नियुक्त भएका छन् । योसँगै मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले मंगलबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् ।
पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु
पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सोही वडाको पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको घर नजिकै रहेको नेप्टा भीरबाट लडेर मृत्यु भएको हो ।
‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा
‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगत विमान परिचारिका (एयर होस्टेस) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी र गाउँपालिकावासी समेत मर्माहत भएका छन् ...
पाल्पामा सहज बनाइँदै राहदानी सेवा, विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने
पाल्पामा सहज बनाइँदै राहदानी सेवा, विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने विद्युतीय राहदानीका लागि सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ११ घण्टा सेवा शुरु गरेको छ । सेवाग्राहीको भिड र मागको आधारमा राहदानीका लागि कार्यालयले विहान ८ बजे देखि १० बजे सम्म, १० बजेदेखि ४ बजे सम्म र ४ बजेदेखि बेलुका...
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुुम बहुउद्देश्यीय सहकारीले कृषि प्रवद्र्धनलाई जोड दिने भएको छ । सहकारीको बुटवल र पाल्पामा भएको प्रथम साधारण सभाले कृषि प्रवद्र्धनसँगै होमस्टे, कुुसुुम एकिकृत बस्ती, मिट मार्ट, बहुुउद्देश्यीय मार्ट जस्ता कार्यक्रमहरुलाई अगाडि बढाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण जिल्लाको इस्मा गाउँपालिकाले यहाँका नागरिकहरुको शिविरमार्फत निःशूूल्क मुुटुु परीक्षण गरेको छ । पालिकाले वडानम्बर २ को छल्दीमा माघे सक्रान्तिको अवसर पारेर दीर्घारोगी, अपाङ्गता र ६० बर्ष माथिका नागरिकहरुको निःशुल्क मुटु परीक्षण गरेको हो ।
थप छ क्रसर उद्योग बन्द
थप छ क्रसर उद्योग बन्द पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।
कस्तो नेपालको सत्ता राजनीति ?
कस्तो नेपालको सत्ता राजनीति ? कुनै देशको विकास र जनताको जीवनस्तर सुधारका लागि त्यस देशमा साशन गर्ने राजनीतिक दल र तीनका नेतृत्वकर्ताको महत्वपूर्ण भूमिका हुने गर्दछ । यस कुरामा कसैको दुई मत पनि नरहला । विडम्बना नेपालका राजनीतिक दल र तीनका नेतृत्वकर्ताको सत्ता केन्द्रीत राजनीतिले दशकौं देखि यो देशमा प्रश्रय पाईरहेको देखिन्छ ।
लुम्बिनीको सभामुखमा बसन्त घर्ती निर्विरोध निर्वाचित
लुम्बिनीको सभामुखमा बसन्त घर्ती निर्विरोध निर्वाचित लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । उनको मात्र एकल उम्मेदवारी परेपछि घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएका हुुन् ।
लुम्बिनीको सभामुखमा बसन्त घर्तीको सम्भावना
लुम्बिनीको सभामुखमा बसन्त घर्तीको सम्भावना लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि आज (सोमबार) उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार आज दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ
Weather Update