सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्दै
बुधबार, पुस २७, २०७९

सभामुखको निर्वाचन आगामी माघ ५ मा
मंगलबार, पुस २६, २०७९
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् ।

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २ सय ६८ मत
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई ६८ र विपक्षमा दुई मत परेको थियो ।

नक्कली नोट सहित पक्राउ
मंगलबार, पुस २६, २०७९
नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तानसेनको श्रीनगर डवली पूरा नहुँदै अलपत्र : सरोकार वाला रमिते
मंगलबार, पुस २६, २०७९
तानसेनको कैलाशनगर स्थित निर्माण भएको श्रीनगर सांस्कृतिक डलवी निर्माणको उत्तरार्धमा आएर अलपत्र जस्तै भएको छ । निर्माण कम्पनी भागेका कारण उसले डवलीलाई वरवुजारत समेत गरेको छैन भने सम्बन्धित निकायले यस विषयमा वास्तै गरेको छैन ।

न्यूनतम पारिश्रमिक बिना पत्रकारिता गुणस्तरीय बन्न सक्दैन : अध्यक्ष खड्का
मंगलबार, पुस २६, २०७९
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्यूनतम पारिश्रमिक नभएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने बताएकी छन् । सोमबार तानसेनमा आयोजना गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

तानसेन–६ का कृषकलाई हाते ट्याक्टर
मंगलबार, पुस २६, २०७९
तानसेन नगरपालिका –६ का कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । सोमबार तानसेन नगरपालिकाले यहाँका ६ जना कृषक तथा कृषक समूूहलाई हाते ट्याक्टर वितरण गरेको हो । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई ५० प्रतिशत अनुुदानमा हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक
मंगलबार, पुस २६, २०७९
सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सरकारले सोमबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
मंगलबार, पुस २६, २०७९
पेट्रोल, डिजेल र मट्टितेलको घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी ३÷३ रुपैयाँले घटाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलको भाउ १ सय ७५ र डिजेल तथा मट्टितेलको भाउ १ सय ७२ कायम भएको छ । एलपी ग्यासको भाउ भने यथावत छ । यसअघि...

पाल्पाबाट सवारीचालक अनुमतिपत्रको सेवा सुरू
सोमबार, पुस २५, २०७९
पाल्पाबाट दुईपांग्रे सवारी साधनको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुरु भएको छ । पहाडी जिल्लामै पहिलो पटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुरु गरेको हो ।

हवाई भाडा घट्यो
सोमबार, पुस २५, २०७९
सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।

प्रधानमन्त्री दाहालले मंगलबार विश्वासको मत लिदैं
सोमबार, पुस २५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए ।

पाल्पाको रम्भामा ट्याक्टर दुर्घटना एकको मृत्य, ४ घाइते
सोमबार, पुस २५, २०७९
जिल्लाको रम्भा–३, निकीचौर नजिकै कालीगण्डकी कोरीडोर सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्युु भएको छ । रम्भाको पीपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रम्भा–१, हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको हो ।