Shittalpati
मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै
मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै सामाजिक सञ्जाल मार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पुर्‍याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् । सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले...
हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित
हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको छ । बैंकको ३०औं वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
नेपालको अर्थतन्त्रमा संघीयता र सहकारी
नेपालको अर्थतन्त्रमा संघीयता र सहकारी २०१३ सालमा चितवनमा स्थापना भएको बखान सहकारी नै नेपालको पहिलो सहकारी हो । मुलुकमा सहकारी ऐन २०१६ जारी भए पछि सहकारीले कानुनी मान्यता पाएको हो । नेपालमा भएका विभिन्न विषयगत र नियमित ३० हजार भन्दा धेरै सहकारीहरुले मुलुकको (जिडिपी) अर्थात् प्रतिव्यक्ति आयमा तीन प्रतिशत भन्दा धेरै योगदान गरेका छन् ।
लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा
लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
लुम्बिनीमा मन्त्रालय घटाइयो
लुम्बिनीमा मन्त्रालय घटाइयो लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । यहाँ १३ वटा मन्त्रालय रहेकोमा एक मन्त्रालय घटाएर १२ पु¥याइएको हो ।
रिहा भए सन्दीप लामिछाने
रिहा भए सन्दीप लामिछाने क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
तानसेन नगरपालिका नगर सभाको १२ औं अधिवेशन, दुई विधेयक पारित
तानसेन नगरपालिका नगर सभाको १२ औं अधिवेशन, दुई विधेयक पारित जिल्लाको तानसेन नगरपालिकाको १२ औं नगरसभाले दुई विधेयक पारित गरेको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका दुई विधेयक सर्वसहमत रुपमा पारित गरेको हो । बिहीबार भएको नगरसभाले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धित विधेयक २०७९ र आर्थिक ऐन २०७९ पहिलो संशोधन गर्न बनेको विधेयक बहुमतबाट पारित गरेको छ ...
एक महिनामै आठ बैंक गाभिए
एक महिनामै आठ बैंक गाभिए पछिल्लो समय बैंकहरु धमाधम मर्ज हुने क्रम बढेको छ । राष्ट्र बैंकले बैंकहरु मर्ज गर्ने नीति ल्याएसँगै धमाधम बैंकहरु मर्ज हुन थालेका हुन् । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् । थप दुई वाणिज्य बैंकहरु पनि मर्जरको चरणमा छन् ।
मुलुकमा आउन सक्ने खतरा !
मुलुकमा आउन सक्ने खतरा ! राजनैतिक जटिलतासँगै प्रतिपक्ष विहीन भएको मुलुकको संसदमा सत्तापक्षका समर्थक नै प्रतिपक्षको बेच्नमा किच्च दाँत लगाएर बस्नुपर्ने बाध्यताले जन्म लिएको छ । किन यस्तो भयो, प्राकृतिक न्यायको सिद्धान्तले भन्छ यो लोकतन्त्रको सुन्दर पक्ष हो तर तर्कसहितको राजनीतिले यसलाई कायस्थको संज्ञा दिन पछि हट्दैन ।
तानसेनमा बसको ठक्करबाट महिलाको मृत्यु
तानसेनमा बसको ठक्करबाट महिलाको मृत्यु बसको ठक्करबाट तानसेनमा एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–१२ लुहुङ्गस्थित अर्गली–तानसेन भित्री सडकखण्डमा बसको ठक्करबाट तानसेन बौघापोखराथोककी ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।
रामपुरबाट अवैध बालुवा लोड गर्ने ट्याक्टर नियन्त्रणमा
रामपुरबाट अवैध बालुवा लोड गर्ने ट्याक्टर नियन्त्रणमा अवैध बालुवा लोड गर्ने ट्याक्टर नियन्त्रणमा लिइएको छ । जिल्लाको रामपुर नगरपालिका–१० स्थित झम्माखोलाबाट मापदण्ड विपरीत अवैधानिक रुपमा बालुवा लोड गरी ल्याउदै गरेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ जिल्लाको रिब्दीकोट गाउँपालिकामा आमालाई काट्ने भनि धम्की दिने छोरा पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई काट्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुर दर्लामी पक्राउ परेका हुन् ।
Weather Update