Shittalpati
सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव
सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव तानसेन नगरपालिका–७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१३ सालमा सामुदायिक विद्यालयको रुपमा स्थापना भएको विद्यालयले भव्य समारोहकाबीच वार्षिकोत्सव मनाएको हो ।
पाँच लाख बढी भेटी संकलन
पाँच लाख बढी भेटी संकलन छायाँक्षेत्र शिव मन्दिरमा पाँच लाखभन्दा बढी भेटी संकलन भएको छ । स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा पाँच लाख १४ हजार छ सय ९७ भेटी संकलन भएको हो ।
तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान
तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित पिपरी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो अभियान शुभारम्भ गरे ।
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क संकलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ ।
मेन्छियाम हाइड्रोपावरको साधारण सेयरको विक्री खुला
मेन्छियाम हाइड्रोपावरको साधारण सेयरको विक्री खुला मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
माथागढीमा भव्य रुपमा मगर दिवस मनाइँदै, स्थानीय सरकारले दियो सार्वजनिक विदा
माथागढीमा भव्य रुपमा मगर दिवस मनाइँदै, स्थानीय सरकारले दियो सार्वजनिक विदा जिल्लाको माथागढी गाउँपालिकाको सराईमा भव्य रुपमा ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइने भएको छ । यही फागुन १५ गते नेपाल मगर संघ माथागढी गाउँपालिकाको आयोजना र माथागढी गाउँपालिकाको सहयोगमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाउन लागिएको हो ।
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कूलले १० दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
तानसेनले हात पार्याे राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि
तानसेनले हात पार्याे राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि तानसेनले हात पारेको छ । माथागढीमा भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १६ स्वर्णसहित ४५ पदक जितेर तानसेनले उपाधि चुमेको हो । तानसेनले १६ स्वर्ण, १७ कास्य र १२ रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।
देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा
देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरुप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताएका छन् । उनले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताए ।
युएई र कतार जान ट्याक्सी चालकलाई रोक
युएई र कतार जान ट्याक्सी चालकलाई रोक वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
तानसेनमा खानेपानी नआएपछि धर्नामा उपभोक्ता
तानसेनमा खानेपानी नआएपछि धर्नामा उपभोक्ता तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा पानी नआएपछि उनीहरु आन्दोलित भएका हुन् । उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि बुुधबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् । टोल –टोलबाट स्थानीय उपभोक्ताहरु तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् ।...
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग
बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्र पहिरोका कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार गर्नुपर्ने बाध्यता छ । अझ बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष दोहोरिने गरेको छ ।...
Weather Update