Shittalpati
आज नारी दिवस मनाइदैं

पाल्पा, आज मार्च ८ अर्थात् ११२ औँ ‘अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइदैं छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज ११२ औँ वर्षमा पुगेको छ ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । मार्च ८ का दिन मनाइने नारी दिवस राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट सुरू भएको इतिहास छ । सन् १९०८ को मार्च ८ का दिन अमेरिकाको एउटा कपडा कारखानामा काम गर्ने महिलाहरू आफूमाथि भएको शोषण, असमान ज्याला र पुरुषले भन्दा धेरै समय काम गर्नुपरेको भन्दै आन्दोलनमा उत्रिए । त्यो आन्दोलनको प्रेरणामा विश्वका विभिन्न मुलुकका महिलाहरूको २ वर्षपछि डेनमार्कको कोपेनहेगनमा सम्मेलन भयो । कोपेनहेगन सम्मेलनले गरेको निर्णय अनुसार सन् १९११ देखि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालिएको हो ।

हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको छैन । नेपालमा त्रिभुवन राजा बनेको दिनदेखि यो दिवस मनाउन थालिएको हो । यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ । त्यतिबेला देखि नै सती प्रथाको अन्त्य भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कानुन बनाएरै सती प्रथाको उन्मूलन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update