Shittalpati
स्ववियु निर्वाचन : रेसुङ्गामा नेविसंघद्वारा उम्मेदवार घोषणा

गुल्मी, स्ववियु निर्वाचन मिति नजिकिदै जाँदा देशभर विद्यार्थी संगठनहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । गुल्मीको रेसुुङ्गा बहुुमुुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघले सभापतिको उम्मेदवार घोषणा गरेको छ । उसले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि सभापतिमा पुनाराम घिमिरेलाई उम्मेदवार घोषणा गरेको हो । घिमिरे क्याम्पसका इकाई सभापति हुन् ।

नेविसंघले बुधबार पत्रकार सम्मेलन गरी स्ववियु सभापतिको उम्मेदवारको टुुँगो लगाएको हो । नेविसंघका जिल्ला सभापति झविन्द्र पाण्डेले स्ववियु सभापतिको उम्मेदवारका रुपमा घिमिरेलाई सर्वसंवत चुनिएको बताए । उनले क्याम्पसलाई हरेक ढंगबाट अब्बल बनाउनका लागि नेविसंघले हरदम पर्यत्न र आवाज उठाउँदै आएकाले निर्वाचनमा नेविसंघका उम्मेदवारलाई भारी मतले विजयी गराउन सबै विद्यार्थीहरुलाई आग्र गरेका छन् । संघले सचिव र अन्य पदाधिकारीमा भने छिट्टै टुँगो लगाउने जनाएको छ ।

तीन विद्यार्थी संगठनको तालेमल
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । नेकपा एमाले जिल्ला सचिव गणेश श्रीपाली, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव अशोक थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष शोभाखर गिरी, अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष राजन पोखरेल र विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक राज खड्काले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा स्ववियु निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको जनाएका हुुन् । विज्ञप्ति अनुसार एमाले निकट अनेरास्ववियुले रेसुङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, सत्यवती क्याम्पस, रुरु क्याम्पस, दिगाम आदर्श क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ । अनेरास्ववियु क्रान्तिकारीले धुर्कोट बहुमुखी क्याम्पस, जनज्योति क्याम्पस, चन्द्रकोट क्याम्पस र रुरु संस्कृत विद्यापिठमा नेतृत्व लिने विज्ञप्तिमा उल्लेख छ । यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकता, भावना र मर्मलाई मध्यनजर गरी तालमेल र सहमति गरी अघि बढने सहमति गरेका छन् । अनेरास्ववियुले अध्यक्षको नेतृत्व लिएको क्याम्पसमा क्रान्तिकारीले सचिव पदमा नेतृत्व लिने र क्रान्तिकारीले अध्यक्ष लिएको क्याम्पसमा अनेरास्ववियुले सचिव लिने सहमति भएको छ । अन्य पदमा आन्तरिक सहमतिका आधारमा उम्मेदवार टुंगाउने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update