Shittalpati
पाल्पामा सहिद परिवारलाई सम्मान

पाल्पा, जनयुद्वका सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत पाल्पाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो । नेकपा बहुमतले सहिद सप्ताहा कार्यक्रम गरी जिल्लाका १० वटै स्थानीय तहका सहिद परिवारलाई सम्मान गरेको छ । सबै पालिकामा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी ५० भन्दा बढी सहिद परिवारलाई सम्मान गरिएको नेकपा बहुमत जिल्ला कार्यसमिति पाल्पाले जनाएको छ ।

मुलुकको परिवर्तनका निम्ति बलिदानी दिएका सहिदको सम्झनामा सप्ताहा व्यापी कार्यक्रम गरिएको पार्टीका जिल्ला संयोजक मुक्ति गैरेले बताए । सप्ताहाव्यापी शहिद सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक गैरेले मुलुकको व्यवस्था परिवर्तन ल्याउनमा जनयुद्वमा होमिएका माओवादी सहिद परिवारले अझै पनि सम्मानजनक न्याय नपाएको बताए । उनले भने ‘जनयुद्वको अपेक्षा, अवस्था परिवर्तन मात्र होइन मुलुक भित्रै स्वरोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार सहितको विकासलाई समेत जनयुद्वले पूर्णता दिन सकेको छैन ।’ सहिद परिवारका सदस्य लक्ष्मण रसाईलीले मुलुकको नेतृत्वमा पुगेर बागडोर समालेका प्रचण्डले जनयुद्वको भावना विपरित काम गरेको बताए । सर्वहारा जनताका छोराछोरीले लडेको जनयुद्वले पनि सहिदका अपेक्षा पुरा गर्न नसकेको उनको गुनासो छ । नेकपा बहुमत पार्टीले आफुहरूलाई सम्मान गरेको भन्दै सहिद परिवार खुशी भएका थिए । आफ्ना आफन्तको योगदानबाट नै देशमा परिवर्तन आएको भन्दै उनीहरूले सहिदको सपना पुरा गर्न राजनीतिक दल र सरकारलाई आग्रह गरेका थिए । कार्यक्रममा नेकपा बहुमतका नेता कार्यकर्ताको उल्लासपूर्ण सहभागिता रहेको थियो । सहिद सप्ताहा कार्यक्रमको सहजीकरण जिल्ला समिति सदस्य विजय सारुले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update