तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा
शनिबार, पुस २३, २०७९

सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली
शनिबार, पुस २३, २०७९
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताए । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले भने‘ राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने छ’। “यो सरकारलाई सफल...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
शनिबार, पुस २३, २०७९
मोटरसाइकल दुर्घटनजा हुँदा रुपन्देहीमा एक जनाको मृत्युु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा शुक्रबारराति मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँन पुुग्दा चालक सोही ठाउँका ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्युु भएको हो ।
.jpg)
असहाय विद्यार्थीलाई न्यानो कपडा
शनिबार, पुस २३, २०७९
जिल्लाकोे एक सामुुदायिक विद्यालयमा अध्ययनरत असहाय तथा अशक्त विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँको राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवले इस्मा गाउँपालिका –१ गुर्वामा रहेको रातचौर प्राथमिक विद्यालयका बालबालिकाहरुलाई एक औपचारिक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेको हो ।

रेसुङ्गा विमानस्थलमा तारा एयरले डेमो उडान गर्दै
शनिबार, पुस २३, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएर सञ्रुचालनको तयारीमा रहेको रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शन (डेमो) उडान गर्दै छ । तारा एयरको ट्वीनअटर जहाजले आइतबार (२४ पुस) डेमो उडान गर्न लागेको हो ।

खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन
शनिबार, पुस २३, २०७९
मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरुको भनाइ छ ।

पाल्पा बस दुुर्घटना : एकै गाउँका ६ को मृत्यु, १८ घाइते, सिंगो गाउँ नै शोकमा
शनिबार, पुस २३, २०७९
बिहीबार राति बुटवलबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेका लागि हिडेको बस रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना भएको हो ।

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति
शुक्रबार, पुस २२, २०७९
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ ।

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
शुक्रबार, पुस २२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले ट्वीट गर्दै बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जलि र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

रामपुर नगरपालिका नगर सभाको १२ औं अधिवेशन
शुक्रबार, पुस २२, २०७९
जिल्लाको रामपुर नगर सरकारको नगर सभा तथा १२ औं अधिवेशन सुरु भएको छ । नगर सभा तथा अधिवेशन विहिबारदेखि रामपुरमा सुुरु भएको हो । सभाको नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

निखिलको च्याउ खेती : मासिक दुई लाख कमाई, छ जनालाई रोजगार
शुक्रबार, पुस २२, २०७९
केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिके अनुसारको व्यवसाय...