Shittalpati
रेडक्रस पाल्पामा नयाँ नेतृत्व, सभापतिमा कार्की

पाल्पा, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले नयाँ नेतृत्व पाएको छ । शुक्रबार तानसेनमा भएको शाखाको अधिवेशनले नयाँ कार्य समितिको चयन गरेको हो ।

जसको सभापतिमा बाबुराम कार्की निर्वाचित भएका छन् । यसैगरी उपसभापतिमा भिमसेन कार्की, महिला उपसभापतिमा विनिता लुुईटेल र मन्त्रीमा केशवराज नेपाल निर्वाचित भएका छन् । शाखाको कोषाध्यक्षमा सन्तोष खनाल,उपमन्त्रीमा कमलराज भट्टराई,उपकोषाध्यक्षमा सन्तोष कुमार शर्मा नेपाल निर्वाचित भएको शाखाले जनाएको छ ।

यसैगरी शाखा सदस्यमा शारदा केशी रायमाझी, मिना कुमारी राना, भगवती न्यौपाने अर्याल, डा.झपेन्द्र ढकाल, राजेश श्रेष्ठ, हरिप्रसाद न्यौपाने,केशवप्रसाद पौडेल, त्रिरत्नलाल शाक्य, भेषराज तिमिल्सीना, मोतिराज अधिकारी निर्वाचित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटीको गतिविधिलाई जिल्लामा अझ व्यवस्थित किसिमले लैजाने जिम्मेवारी आएको नवनिर्वाचित सभापति बाबुुराम कार्कीले बताए । उनी यस अघि शाखाको वरिष्ठ कार्यकारी अधिकृतको रुपमा रहेर सफल जिम्मेवारी निर्वाह गरिसकेका छन् । कार्की अधिकृतको जिम्मेवारीबाट राजीनामा दिएर सभापतिको उम्मेदवार बनेका थिए । नेपाल रेडक्रस सोसाइटी एक विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । महामानव जाँ हेनरी ड्युनाले ई.सं. १८६३ अक्टोवर २० मा मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोचका साथ रेडक्रस संस्था स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त ग¥यो । तर नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।

रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानिन्छ । रेडक्रसको मुख्यलक्ष्य भनेको मानव उद्धार हो । मानविय उद्धार भन्नाले मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पुर्‍याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरि जीवन रक्षा गर्नु भन्ने बुझिन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update